झापा- महालेखा परीक्षकको ६२ औँ वार्षिक प्रतिवेदन २०८२ अनुसार झापाका १५ स्थानीय तहमध्ये मेचीनगर नगरपालिकामा सबैभन्दा बढी ६.११ प्रतिशत बेरुजु देखिएको छ। मेचीनगरको बेरुजु रकम २२ करोड ५६ लाख १२ हजार रुपैयाँ रहेको छ।
प्रतिवेदन अनुसार दोस्रो धेरै बेरुजु कचनकवल गाउँपालिकामा ४.५१ प्रतिशत (६ करोड ४३ लाख १ हजार रुपैयाँ) र तेस्रोमा बुद्धशान्ति गाउँपालिकामा ४.१० प्रतिशत (६ करोड ४४ लाख ७२ हजार रुपैयाँ) रहेको छ।
सबैभन्दा कम बेरुजु बाह्रदशी गाउँपालिकामा ०.७२ प्रतिशत अर्थात् ७५ लाख ६ हजार रुपैयाँ देखिएको छ।
अन्य पालिकाको बेरुजु विवरण यसप्रकार छ: बिर्तामोड नगरपालिका (३.२४%), भद्रपुर नगरपालिका (२.९८%), शिवसताक्षी नगरपालिका (१.७६%), अर्जुनधारा नगरपालिका (३.४४%), कन्काई नगरपालिका (२.७९%), गौरादह नगरपालिका (१.९२%), दमक नगरपालिका (१.२७%), गौरीगञ्ज गाउँपालिका (१.५२%), कमल गाउँपालिका (१.९३%), झापा गाउँपालिका (१.०२%) र हल्दिवारी गाउँपालिका (३.२१%)।
अघिल्लो वर्षको प्रतिवेदनमा बिर्तामोड नगरपालिकामा सबैभन्दा बढी र झापा गाउँपालिकामा सबैभन्दा कम बेरुजु थियो।
