झापा– बैंकिङ कसूरको आरोपमा पक्राउ परेका झापा बिर्तामोडका भानु शिवाकोटी रिहा हुनेबित्तिकै पुनः पक्राउ परेका छन्।
अञ्जली ओभरसिजका सञ्चालक तथा वैदेशिक रोजगार व्यवसायी संघ झापाका पूर्व अध्यक्ष शिवाकोटीलाई जिल्ला प्रहरी कार्यालय झापाले बिहीबार फेरि पक्राउ गरी काठमाडौँ पठाएको हो।
बिर्तामोड– ३ का कुमार दाहालले ११ लाख रुपैयाँको चेक बाउन्सको उजुरी दिएपछि शिवाकोटी आइतबार पक्राउ परेका थिए । उनलाई जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राखिएको थियो।
दाहालसँगको मुद्दा मिलाएर रिहा हुनेबित्तिकै काठमाडौँका अर्का एक व्यक्तिको चेक बाउन्सको उजुरीका आधारमा उनलाई पुनः पक्राउ गरी काठमाडौँ पठाइएको डीएसपी खगेन्द्र खड्काले जानकारी दिए।
Facebook Comments Box
