Author: खबरमञ्च

झापा– झापाको बिर्तामोडमा मंगलबार सम्पन्न जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगितामा छात्राहरूले उत्कृष्ट प्रस्तुति दिँदै सबै उपाधि जितेका छन्। “लागुऔषध दुर्व्यसनमुक्त समाज निर्माणमा युवा र समाजको भूमिका” शीर्षकमा आयोजित यस प्रतियोगितामा १५ वटा पालिकाका २९ जना विद्यार्थी सहभागी थिए, जसमा १४ जना छात्र र १५ जना छात्रा थिए। बिर्तामोडस्थित न्युटन्स एजुकेसन एकेडेमीको हलमा आयोजित प्रतियोगितामा हिमज्योति अंग्रेजी बोर्डिङ स्कुल दमक ९ की शीतल कुँवर प्रथम भइन्। उनले नगद १० हजार रुपैयाँसहित पुरस्कार प्राप्त गरिन्। त्यसैगरी, जयपुर बोर्डिङ स्कुल बुद्धशान्ति २ की पुजन आचार्य द्वितीय हुँदै ७ हजार रुपैयाँको हकदार बनिन् भने इस्ट होराइजन अंग्रेजी मावि धुलाबारीकी रेजिना बन तृतीय स्थान हासिल गर्दै ५…

Read More

काठमाडौँ – गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसिसी) ले इजरायल, इराक तथा खाडी मुलुकहरूमा रहेका नेपालीहरूलाई सतर्क र सुरक्षित रहन अपिल गरेको छ । एनआरएनए आइसिसीका अध्यक्ष महेशकुमार श्रेष्ठ तथा महासचिव बीआर लामाद्वारा सोमबार जारी विज्ञप्तिमा इजरायल र इरानबिच द्वन्द्व चर्कँदै जाँदा इरानले कतारस्थित अमेरिकी सैन्य बेसतर्फ (स्थानीय समय अनुसार सोमबार राति) मिसाइल प्रहार गरेको खबर आएको उल्लेख गरेका छन् । “कतार, युएई, बहराइन, कुवेत, साउदी अरबलगायत खाडी मुलुकहरूमा रहेका लाखौँ नेपालीहरूको सुरक्षाका बारेमा हामी चिन्तित छौँ। सम्बन्धित देशका सरकारहरू, स्थानीय सुरक्षाकर्मी तथा नेपाली दूतावासका निर्देशनहरू पालना गर्न ती मुलुकहरूमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनीहरूलाई…

Read More

बुद्धशान्ति- झापाको बुद्धशान्ति गाउँपालिका वडा नं १ मा रहेको सीतारमेश क्याम्पसलाई अनुदान दिइने भनेर प्रस्ताव गरिएको १५ लाख रुपैयाँमा सभा नचोडमा पुग्न नसक्दा बुद्धशान्ति गाउँपालिकाको १६ औं गाउँसभा अधिवेशन लम्बिएको छ। गत असार ६ गते गाउँसभामा प्रस्तुत गरिएको बजेटमा सीतारमेश क्याम्पसलाई १५ लाख रुपैयाँ उपलब्ध गराउने भनेर प्रस्ताव गरिएको थियो। सोही विषयलगायत विनियोजित आर्थिक विधेयकमा छलफल गर्न सोमबारका लागि अधिवेशनको बैठक बोलाइएको थियो। अन्य विषयमा सामान्य छलफल भए पनि सोमबारको बैठकमा सभा सदस्यहरूबीच सीतारमेश क्याम्पसलाई उपलब्ध गराउने भनिएको प्रस्तावमा मत बाझिएको छ। खासगरी नेपाली काँग्रेस र नेकपा एमालेका सदस्यहरूबीच मत बाझिएको हो। नेकपा एमालेका सदस्यहरूले क्याम्पसलाई निसर्त पैसा दिन नमिल्ने…

Read More

बुद्धशान्ति- झापाको बुद्धशान्ति गाउँपालिकाले सोमबार (आज) आफ्नो १६औं गाउँसभा अधिवेशनका अवसरमा विभिन्न उपभोक्ता समिति र उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरूलाई नगद पुरस्कार तथा प्रमाणपत्रसहित सम्मान गरेको छ। गाउँपालिकाले विकास निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने उपभोक्ता समिति तथा निष्ठापूर्वक सेवा गर्ने कर्मचारीहरूको उच्च मूल्याङ्कन गर्दै सम्मान गरेको हो। गाउँपालिकाले विभिन्न योजनाहरूमा सक्रिय रहेका १ वटामा एउटा उपभोक्ता समिति पर्नेगरी ७ वटा उपभोक्ता समितिलाई सम्मान गरेको हो। प्रत्येक समितिलाई नगद १० हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको छ। वडा नम्बर ३ को राई टोल सडक ग्राभल उपभोक्ता समिति, वडा नम्बर १ को इलामेली टोल ड्रेन निर्माण उपभोक्ता समिति, वडा नम्बर २ को नेपाल गाउँ…

Read More

इलाम- इलामको रोङ गाउँपालिका–३ पाथलेडाँडामा आइतबार साँझ भएको सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ । झापाबाट इलामतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४५४७ नंको ट्रकले विपरीत दिशाबाट आइरहेको बा८९ प २२६६ नंको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकलमा सवार दुईजना गम्भीर घाइते भएका थिए । घाइतेमध्ये बझाङको बित्छडचिर गाउँपालिका–१ का २६ वर्षीय मदनबहादुर बोहरा र जाजरकोट छेडागाडा नगरपालिका–८ की २३ वर्षीया सिर्जना गिरीको झापास्थित बिएन्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनापछि ट्रक चालक पाँचथरको कुमाय गाउँपालिका–९ का ३३ वर्षीय नितेश बुढाथोकीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी…

Read More

Kathmandu – The Commission for the Investigation of Abuse of Authority (CIAA) on Sunday filed a case at the Special Court against 14 individuals and two companies, alleging irregularities in the procurement of cremation machines for the Pashupati Area Development Trust (PADT) crematorium. Those against whom the case has been filed include PADT members: Member Secretary Milan Kumar Thapa, former Acting Member Secretary Raju Kumar Khatri, former Executive Director Ghanshyam Khatiwada, former Acting Deputy Director Sitaram Risal, Engineers Pashupati Thakur, Denis Upreti, and Ramesh Puri, Accounts Officer Chandra Prasad Khanal, Pulchowk Campus Electrical Department Head Associate Professor Yuvraj Adhikari, PADT…

Read More

झापा- दुई वर्षअघि महामारीकै रूप लिएर नियन्त्रणमा आएको लम्पी स्किन रोग यस वर्ष झापाको बिर्तामोडमा फेरि फैलिएको छ। पछिल्लो दुई सातायता देखा परेको यो रोगका कारण बिर्तामोडमा पाँचवटा चौपाया मरेका छन्। बिर्तामोड नगरपालिका वडा नं ६ मा दुईवटा चौपायाले ज्यान गुमाएका छन् भने वडा नं ५, ७ र ९ मा एक–एकवटा चौपाया मरेको पुष्टि भएको छ। बिर्तामोड नगरपालिका–७ का ऋषिराज पौडेलको करिब पाँच महिनाको बहर लम्पी स्किनका कारण मरेको जनाइएको छ। लम्पी स्किनविरुद्धको खोप लगाउँदै हिँडेका प्राविधिकहरूले संकलन गरेको तथ्यांकअनुसार बिर्तामोडमा पाँच सयभन्दा बढी चौपाया संक्रमित भएका छन्। टोल–टोलमा यो रोगको संक्रमण देखिएपछि बिर्तामोडमा लम्पी स्किनविरुद्धको खोप अभियान सुरु गरिएको…

Read More

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषको शवदाह गृह मेसिन खरिदमा अनियमितता गरेको आरोपमा १४ व्यक्ति र दुई कम्पनीविरुद्ध विशेष अदालतमा आइतबार मुद्दा दायर गरेको छ। मुद्दा दायर हुनेमा कोषका सदस्य सचिव मिलनकुमार थापा, पूर्वनिमित्त सदस्य सचिव राजुकुमार खत्री, पूर्वकार्यकारी निर्देशक घनश्याम खतिवडा, पूर्वनिमित्त उपनिर्देशक सिताराम रिसेल, इन्जिनियरहरू पशुपति ठाकुर, डेनिस उप्रेती र रमेश पुरी, लेखा अधिकृत चन्द्रप्रसाद खनाल, पुल्चोक क्याम्पसका विद्युतीय विभाग प्रमुख उपप्राध्यापक युवराज अधिकारी, कोषका कानुनी सल्लाहकार लैनबहादुर थापा, म्याप इन्टरप्रेनर्स प्रालिका सञ्चालकहरू मनोज पुरी र यदुनन्दन भट्टराई, तथा एप्पल इन्जिनियरिङ प्रोफेसनल कन्सल्टेन्सी प्रालिका प्रबन्ध निर्देशक सुरज चापागाईं छन्। अख्तियारका अनुसार, यो प्रकरणमा राज्यलाई…

Read More

काठमाडौँ- नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पछिल्लो तीन दशकमा पार्टीबाट सरकारमा गएका सबै जनप्रतिनिधिहरुको सम्पत्ति छानविन गर्न पूर्वन्यायाधीशको संयोजकत्वमा शक्तिशाली आयोग गठन गर्ने प्रस्ताव राखेका छन्। आइतवार ‘जेन–जी पुस्ता र लोकतान्त्रिक विचार’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै महामन्त्री थापाले भ्रष्टाचार र अनियमितता विरुद्धको स्पष्ट मापदण्ड स्थापित नगरी नयाँ पुस्ता (जेन–जी)को भरोसा जित्न नसकिने उनको भनाइ छ । उनले कनै पनि दलप्रति पूर्वाग्रही नभएको व्यक्तिलाई आयोगको नेतृत्व दिएर २०४६ सालपछिका सबै नेताको सम्पत्ति छानविन गर्ने अधिकार दिनुपर्ने बताए। उनले छानविनका क्रममा जजसको नाम आए पनि आयोगको प्रतिवेदन स्वीकार्ने आँट पार्टीले गनसक्ने मात्र जेन–जी पुस्ताले आफूहरूका कुरा सुन्ने जिकिर गरे । उनले नयाँ…

Read More

झापा — झापाको शिबसताक्षी नगरपालिका–७, बैङ्डाँडामा बसोबास गर्ने ७९ वर्षीय राधाकृष्ण सोडारीको नहरमा डुबेर मृत्यु भएको छ। प्रारम्भिक जानकारी अनुसार, उनी आज बिहान करिब ८:५० बजे घरबाट चौकतर्फ घुम्न जाँदा नगरपालिका वडा नं. ७ र ११ को बीचमा रहेको कन्काई नहरमा डुबेका थिए। घटनाको सूचना पाएपछि इलाका प्रहरी कार्यालय, झिलझिलेबाट प्रहरी निरीक्षक खड्ग गिरीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेर स्थानीयको सहयोगमा खोजी अभियान चलाएको थियो। खोजी अभियानको करिब ३५ मिनेटपछि, घटनास्थलबाट करिब ५०० मिटर दक्षिणमा सोडारीको मृत शव नहरमा फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले मृतकको मृत्युको कारण तथा घटनाको पृष्ठभूमि थाहा पाउन अनुसन्धान जारी राखेको छ।

Read More