काठमाडौँ- नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पछिल्लो तीन दशकमा पार्टीबाट सरकारमा गएका सबै जनप्रतिनिधिहरुको सम्पत्ति छानविन गर्न पूर्वन्यायाधीशको संयोजकत्वमा शक्तिशाली आयोग गठन गर्ने प्रस्ताव राखेका छन्।
आइतवार ‘जेन–जी पुस्ता र लोकतान्त्रिक विचार’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै महामन्त्री थापाले भ्रष्टाचार र अनियमितता विरुद्धको स्पष्ट मापदण्ड स्थापित नगरी नयाँ पुस्ता (जेन–जी)को भरोसा जित्न नसकिने उनको भनाइ छ ।
उनले कनै पनि दलप्रति पूर्वाग्रही नभएको व्यक्तिलाई आयोगको नेतृत्व दिएर २०४६ सालपछिका सबै नेताको सम्पत्ति छानविन गर्ने अधिकार दिनुपर्ने बताए।
उनले छानविनका क्रममा जजसको नाम आए पनि आयोगको प्रतिवेदन स्वीकार्ने आँट पार्टीले गनसक्ने मात्र जेन–जी पुस्ताले आफूहरूका कुरा सुन्ने जिकिर गरे ।
उनले नयाँ पुस्ताको अपेक्षा भ्रष्टाचारमुक्त र सदाचारयुक्त राजनीतिप्रति केन्द्रित रहेकोसमेत उल्लेख गरे।
विगतमा देशका लागि लडेकै आधारमा अब नेताहरूलाई परिवारको लागि कमाउ भन्ने पक्षमा नयाँ पुस्ता नरहेको उनको जिकिर थियो ।