Author: खबरमञ्च

झापा- झापाको मेचीनगर नगरपालिका वडा नं. ६ काँकरभिट्टा बजार एरियाबाट नक्कली नेपाली रुपैयाँसहित एक जना व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा तेह्रथुम जिल्ला ओयाक्जुङ गाउँपालिका वडा नं. ५ (नेलई) घर भई हाल झापा जिल्ला कन्काई न.पा. वडा नं. ८ लक्ष्मीपुरमा कोठा भाडामा लिई बस्दै आएका २८ वर्षीय गणेश भारती रहेका छन्। गत आइतबार साँझ करिब ७:३० बजे नेपाल बैंक अगाडिको सडक खण्डमा शंकास्पद अवस्थामा हिँडडुल गरिरहेका भारतीलाई गस्तीमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा रु. १,००० दरका रु. १,००,००० (एक लाख) बराबरका नक्कली नोट फेला परेका थिए। प्रहरीले भारतीलाई पक्राउ गरी झापा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाएको छ।…

Read More

भद्रपुर (झापा)- चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा पूर्वी नाका काँकडभिट्टाबाट रु १६ अर्ब १९ करोड १५ लाख मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ, मट्टितेल आयात भएका हुन् । मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका अनुसार गत आवको सोही अवधिको तुलनामा रु ९१ करोड ७७ लाख रकम अर्थात् पाँच दशमलव ४० प्रतिशतले पेट्रोलियम पदार्थ आयातमा गिरावट आएको छ । आयात घटे पनि पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व भने पाँच दशमलव ९० प्रतिशत अर्थात् रु ४३ करोड ७४ लाख ४७ हजारले बढेको उनले बताए। कार्यालयको तथ्याङ्कअनुसार चालु आवको १०…

Read More

झापा- नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको सांसद पद निलम्बन भएको छ । उनीविरुद्ध बिहीबार अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएसँगै नेपालको सांसद पद निलम्बन भएको हो । पतञ्जलिको जग्गा सट्टापट्टा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालविरुद्ध बिहीबार भ्रष्टाचार मुद्दा दायर गरेको हो । भ्रष्टाचारविरुद्ध मुद्दा किनारा नलागेसम्म सांसद पद स्वतः निलम्बन हुने व्यवस्था छ ।

Read More

झापा- श्रीमतीलाई विष खुवाई मार्न खोज्ने दमकका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरी शम्भुनाथ नगरपालिका वडा नं. २ घर भई हाल दमक वडा नं.१ सुम्निमा टोलमा डेरा गरी बस्ने २५ वर्षीय दिलिपकुमार मरिक डोम रहेका छन् । गत चैत १० गते बिहान ८ बजे डोमले आफ्नै श्रीमती रेनु मरिकलाई बिष सेवन गराई ज्यान मार्न खोजेका थिए ।उनले खोकी लागेका बेला कफ सिरप भनेर श्रीमतीलाई विष खुवाउन खोजेका थिए । यसअघि पनि श्रीमानले आफूलाई आगो लगाई मार्न खोजेको रेनुले बयान दिएको इलाका प्रहरी कार्यालय दमकका डीएसपी रामप्रसाद तिमल्सिनाले जानकारी दिए । उनीहरुका एक छोरा र एक छोरी रहेका…

Read More

भद्रपुर (झापा)- यहाँस्थित कमल गाउँपालिका–३ रतुवामाई जङ्गलमा विद्युतप्रवाह चुहावट (करेन्ट) हुँदा जङ्गली हात्तीको मृत्यु भएको छ । डिभिजन वन कार्यालयका वन अधिकृत जीवन पाठकका अनुसार गए राति हात्तीले विद्युत् पोलमा धक्का दिँदा पोलमा जोडिएको विद्युत् तार खस्दा हात्तीको घटनास्थलै मृत्यु भएको हो । करेन्टबाट हात्तीको सुँड र एउटा दाँत जलेका अवस्थामा भेटिएको उनले जानकारी दिए। डिभिजन वन कार्यालयबाट प्राविधिक टोली खटिएको वन अधिकृत पाठकले बताए।

Read More

दमक (झापा)– झापाको दमक नगर क्षेत्रमा लागुऔषध दुर्व्यसनी विरुद्ध सचेतना कार्यक्रम सम्पन्न भएको छ। आइतबार सरस्वती माध्यमिक विद्यालयमा आयोजित उक्त कार्यक्रममा ३०० भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको थियो। विद्यालयका प्रधानाध्यापक सीताराम ढकालको अध्यक्षतामा सञ्चालित कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाई प्रमुख अतिथिका रूपमा उपस्थित थिए। इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक बिपन विश्वकर्मा अतिथि रहेका थिए। कार्यक्रमको सञ्चालक यदुनन्दन दाहालका अनुसार कार्यक्रममा लागुऔषध तथा दुर्व्यसनका नकारात्मक असरहरू र यसबाट बच्ने उपायहरूबारे प्रकाश पारिएको थियो।

Read More

काठमाडौँ– यातायात व्यवसायीहरूले देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेसँगै आज (सोमबार) काठमाडौं उपत्यकासहित देशभरका आम नागरिकहरूले सास्ती व्यहोरेका छन्। ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’ को आह्वानमा सोमबार बिहानैदेखि सार्वजनिक यातायातका साधनहरू सडकमा नदेखिएपछि आम नागरिकको जनजीवन अस्तव्यस्त बनेको छ। काठमाडौं उपत्यकामा छिटपुटमात्रै यातायात चलेको देखिन्छ, जसका कारण कार्यालय जानेदेखि अन्य कामको लागि सार्वजनिक यातायातको प्रयोग गर्ने यात्रुहरू सवारीसाधन कुरिरहेको देख्न सकिन्छ। व्यवसायीहरूले गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’ को नाममा निजी प्रयोजनका लागि खरिद गरिएका सवारी साधनलाई भाडाका सवारी साधन सरह प्रयोग गर्न दिने गरी ल्याएको नियमावली खारेजीको माग गर्दै आन्दोलन सुरु गरेका हुन्। यातायात व्यवसायीहरूले यसअघि नै सम्बन्धित निकायलाई…

Read More

दमक— गएराति परेको अविरल वर्षासँगै आएको हावाहुरीले झापाको विभिन्न स्थानमा विभिन्न भौतिक संरचनामा क्षति पुर्‍याएको छ। दमक नगरपालिका–९ मा रहेको तुलसी बहुमुखी सहकारी संस्था अगाडि पार्किङ गरिएको बोलेरो गाडी (ना. १ ज २०३०) को अगाडिको सिसा फुटेर गम्भीर क्षति पुगेको छ। सोही संस्थाको अगाडिको भवनमा राखिएको सम्पूर्ण सिसा पनि हावाहुरीले फुटाएको जनाइएको छ। हावाले सहकारी भवनको छानामा जडान गरिएको ट्रस समेत उडाएर नजिकैको “दाजुभाइ किराना पसल”मा खस्दा पसलको छाना भत्किएको छ। यसबीच, दमक नगरपालिका–४ अडियामलबाट आम्दा अस्पतालतर्फ जाने भित्री सडक खण्डमा रहेका सातवटा बिजुलीका पोल ढल्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। पोल ढल्दा विद्युत सेवा समेत अवरुद्ध भएको हो।

Read More

झापा– झापाको शिवसताक्षी नगरपालिका–२ मा ‘नेक ब्लास्ट’ रोगका कारण बर्खे धान पाक्न नपाउँदै बोटमै सुकेको छ। नगरपालिकाका कृषि शाखा प्रमुख रबिन भट्टराईले सो वडाका नौ जना किसानले नौ बिघामा खेती गरेको हर्दिनाथ–१ जातको धानको बोट सुकेको बताए। धानबाली पाक्ने बेलामा रोगको सङ्क्रमण भएपछि नष्ट भएपछि किसानहरू निराश भएर स्थानीय पालिका गुहारेका छन्। “लहलह धानका बाला झुल्न थालेको थियो,” एक बिघा १५ कट्ठामा लगाएको धान सुकेको बताउँदै स्थानीय शिवकुमारी मैनालीले भने, “एक्कासी के रोग आयो, एकैरातमा सबै धान सर्लक्कै सुकेर भुस सरह भयो।” उनले हाल सुकिसकेको धानको बोटलाई खेतबाट हटाउन समेत समस्या भएको बताए। बर्खे धान पाकेपछि किसानले हिउँदे धान लगाउने…

Read More

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापा राजावादी प्रदर्शनका क्रममा आइतबार दिउँसो पक्राउ परेका छन्।1 राजसंस्थाको माग गर्दै प्रदर्शनमा उत्रिएका थापालाई नक्सालस्थित नारायणचौरबाट प्रहरीले नियन्त्रणमा लिएको हो। प्रदर्शन अराजक बन्न थालेपछि थापालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। नवराज सुवेदी नेतृत्वको ‘संयुक्त जनआन्दोलन’ समितिले जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलन जारी राखेको छ। उक्त आन्दोलनलाई राप्रपा, राप्रपा नेपाललगायतका दलहरूको समर्थन रहेको छ। राजसंस्था पुनर्स्थापना, हिन्दु राष्ट्र पुनर्स्थापना, संघीयता खारेजीलगायतका माग राखेर सुवेदी नेतृत्वको समितिले ‘जनआन्दोलन’ गरिरहेको छ।

Read More