दमक (झापा)– झापाको दमक नगर क्षेत्रमा लागुऔषध दुर्व्यसनी विरुद्ध सचेतना कार्यक्रम सम्पन्न भएको छ।
आइतबार सरस्वती माध्यमिक विद्यालयमा आयोजित उक्त कार्यक्रममा ३०० भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको थियो।
विद्यालयका प्रधानाध्यापक सीताराम ढकालको अध्यक्षतामा सञ्चालित कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाई प्रमुख अतिथिका रूपमा उपस्थित थिए। इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक बिपन विश्वकर्मा अतिथि रहेका थिए।
कार्यक्रमको सञ्चालक यदुनन्दन दाहालका अनुसार कार्यक्रममा लागुऔषध तथा दुर्व्यसनका नकारात्मक असरहरू र यसबाट बच्ने उपायहरूबारे प्रकाश पारिएको थियो।

Facebook Comments Box
