काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापा राजावादी प्रदर्शनका क्रममा आइतबार दिउँसो पक्राउ परेका छन्।1
राजसंस्थाको माग गर्दै प्रदर्शनमा उत्रिएका थापालाई नक्सालस्थित नारायणचौरबाट प्रहरीले नियन्त्रणमा लिएको हो। प्रदर्शन अराजक बन्न थालेपछि थापालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
नवराज सुवेदी नेतृत्वको ‘संयुक्त जनआन्दोलन’ समितिले जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलन जारी राखेको छ। उक्त आन्दोलनलाई राप्रपा, राप्रपा नेपाललगायतका दलहरूको समर्थन रहेको छ।
राजसंस्था पुनर्स्थापना, हिन्दु राष्ट्र पुनर्स्थापना, संघीयता खारेजीलगायतका माग राखेर सुवेदी नेतृत्वको समितिले ‘जनआन्दोलन’ गरिरहेको छ।
Facebook Comments Box
