Author: खबरमञ्च

झापा- मोरङको विराटचोकमा आयोजित नेपाल–भारत सीमा सुरक्षा बैठकका क्रममा बेहोस भएर ढलेका सशस्त्र प्रहरी बलका उपरीक्षक (एसपी) राजेश घिमिरेको निधन भएको छ। नेपालको सशस्त्र प्रहरी बल र भारतको सीमा सुरक्षा बलका अधिकारी सम्मिलित डीआईजी तहको समकक्ष समन्वय बैठक चलिरहेका बेला शुक्रबार दिउँसो उनी बेहोस भएर ढलेका थिए। सशस्त्र प्रहरी बल मोरङका प्रमुख घिमिरे बैठकमा सहभागी भइरहेकै बेला अचानक ढलेपछि उपचारका लागि मोरङकै बुढीगंगास्थित विराट शिक्षण अस्पताल पुर्‍याइएको थियो। उपचारकै क्रममा चिकित्सकले मृत घोषित गरेका हुन्। उच्च रक्तचापका कारण उनी ढलेको र बचाउन नसकिएको अस्पतालले जनाएको छ। बेहोस भएर ढल्ने क्रममा एसपी घिमिरेको जिब्रो काटिएको थियो। स्वास्थ्य अवस्था झन् बिग्रिँदै गएपछि…

Read More

काठमाडौँ- सरकार र ‘राष्ट्र, राष्ट्रियता धर्म सँस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन् । काठमाडौँको दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट शुक्रबार प्रसाईं पक्राउ परेका हुन् । निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले प्रहरीको साइबर ब्युरोलाई पत्र पठाएको थियो । सोही आधारमा प्रसाईंलाई पक्राउ गरिएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिए । यसअघि पनि ५ माघमा प्रसाईं पोखराबाट पक्राउ परेका थिए ।

Read More

काठमाडौं- आगामी फागुन २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले पेस गरेको समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीबाट निर्वाचन आयोगले ७६ जना उम्मेदवारको नाम हटाउने निर्णय गरेको छ। आयोगका अनुसार विभिन्न कानुनी प्रावधान, उम्मेदवारको योग्यता र दलहरूबाट प्राप्त जानकारीका आधारमा जाँचबुझ गर्दा ती उम्मेदवारहरू अयोग्य ठहरिएका हुन्। आयोगले सार्वजनिक गरेको विवरण अनुसार, सबैभन्दा धेरै २१ जना उम्मेदवारहरू कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेका कारण हटाइएका छन्। त्यसैगरी, प्रदेश सभाको समानुपातिक बन्दसूचीमा समेत नाम कायम रहेका २५ जना र निर्वाचन आयोगलाई बुझाउनुपर्ने जरिवाना भुक्तान नगरेका १० जनाको नाम पनि सूचीबाट हटाइएको छ। विज्ञप्तिमा उल्लेख भए अनुसार, उमेरको हदबन्दीका कारण…

Read More

झापा- आगामी प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसार तीव्र भइरहेका बेला झापाको चुनावी मैदानमा रहेका दुई नेताहरू बालेन्द्र शाह (बालेन) र राजेन्द्र लिङ्देन आज एउटै विमानबाट झापा पुगेका छन्। काठमाडौंबाट यति एयरलाइन्सको उडानमार्फत चन्द्रगढी विमानस्थल ओर्लिएका उनीहरूबीचको ‘सरप्राइज’ भेट भएको थियो । काठमाडौंबाट सँगै आएका उनीहरूले विमानस्थलमा एकअर्कासँग हात मिलाएर छुट्टिएका थिए। बालेन यस पटक झापा क्षेत्र नम्बर ५ बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्दैछन् भने राजेन्द्र लिङ्देन आफ्नो पुरानो क्षेत्र झापा ३ बाटै चुनावी मैदानमा छन्। रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेका कारण पनि झापा ५ को भिडन्तलाई यस पटक देशैभरि ‘हाइ-प्रोफाइल’ प्रतिस्पर्धाको रूपमा हेरिएको छ। विमानस्थलमा ओर्लिएलगत्तै…

Read More

झापा- झापाका विभिन्न स्थानमा नक्कली सुनलाई सक्कली भन्दै धितो राखेर ठगी गर्ने एक पेशेवर ठगलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा उदयपुर जिल्ला चौदण्डीगढी नगरपालिका वडा नं. ३ निवासी ४३ वर्षीय जितबहादुर बिक रहेका छन्। उनले भद्रपुर बजारस्थित भोजपुर ज्वेलर्समा सुन जस्तो देखिने पहेलो धातु (नक्कली सुन) धितो राखेर नगद ठगी गर्न खोजेका थिए। गएको माघ १५ गते साँझ बिकले ज्वेलर्समा पुगेर सुन धितो राख्न खोज्दा व्यवसायीलाई शंका लागेको थियो। व्यवसायीले तत्काल वडा प्रहरी कार्यालय भद्रपुरलाई खबर गरेपछि घटनास्थल पुगेको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो। हाल उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ। जिल्ला प्रहरी कार्यालयका…

Read More

झापा— झापा जिल्ला प्रशासन कार्यालयले सामाजिक सञ्जालमार्फत निर्वाचनसम्बन्धी सर्वेक्षण तथा मतप्रवाह गर्ने कार्य निर्वाचन आचारसंहिताविपरीत भएको भन्दै कडा चेतावनी जारी गरेको छ। आइतबार जारी सूचनामा कार्यालयले फेसबुक, युट्युब लगायतका माध्यमबाट कुन दल, उम्मेदवार वा चुनाव चिन्हमा मतदान गरिन्छ भन्ने विषयमा सर्वेक्षण गरिँदै आएको जानकारी प्राप्त भएको उल्लेख गर्दै यस्ता गतिविधिले मत गोपनीयता भंग गर्ने र निर्वाचन आचारसंहिता २०७९ को दफा ६ को उल्लंघन हुने स्पष्ट पारेको छ। सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत अर्जुन न्यौपाने र तेज प्रकाश प्रसाईद्वारा हस्ताक्षरित सूचनामा यस्ता कार्य नगर्न सबैलाई आग्रह गरिएको छ। साथै, यस्ता गतिविधिको जानकारी प्राप्त भएमा प्रचलित कानूनअनुसार आवश्यक…

Read More

काठमाडौँ- फेरि पश्चिमी न्यून चापीय प्रणाली केही बलियो बनेर मौसम बदली गराउन लागेको छ । गत मङ्गलबार र बुधबार मौसम बदली भई वर्षा र हिमपातले कोशी तथा मधेसबाहेकका क्षेत्रको जनजीवन प्रभावित भएर खुलेको मौसम एक हप्ता नबित्दै पुनः वर्षा गराउने प्रणाली सक्रिय हुन लागेको हो । आजदेखि नै सुदूरपश्चिम क्षेत्रमा हल्का असर देखिन थालेको र उक्त प्रणाली सोमबार केही बढेर पश्चिम क्षेत्रको उच्च हिमाली तथा पहाडी क्षेत्रमा फैलिँदै जाने तथा मङ्गलबार भने मध्य नेपालसम्म फैलिने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए । तर ती क्षेत्रमा पूर्ण बादल लाग्ने छ भने बाँकी क्षेत्रमा पनि…

Read More

काठमाडौँ- रास्वपाका वरिष्ठ नेता बालेन शाहको प्रचारमा हिडेका चलचित्र पत्रकार दिनेश सिटौलाको निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उपचाररत रहेका सिटौलाको आइतबार दिउँसो १२:४५ बजे ग्राण्डी अस्पतालमा निधन भएको हो । अस्पताल प्रशासनले एक प्रेस विज्ञप्ति जारी गर्दै सिटौलाको मृत्युको आधिकारिक पुष्टि गरेको छ । उपचारका क्रममा उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई विशेष निगरानीमा राखिएको थियो । विज्ञप्तिमा जनाइए अनुसार, चिकित्सकीय प्रोटोकल पालना गर्दै उनको मस्तिष्कको कार्य क्षमता परीक्षण गर्न ‘एप्निय परीक्षण’ (Apnea Test) गरिएको थियो । उक्त परीक्षणको नतिजा पोजिटिभ आएको र त्यसले बिरामीमा स्वतः श्वासप्रश्वास प्रक्रिया रोकिएको देखाएको अस्पतालले उल्लेख गरेको छ ।

Read More

झापा- चोरीका सामान र लागुऔषधसहित दमकमा चारजना पक्राउ परेका छन् । गत माघ ७ गते अन्दाजी दिउँसो ३;४० बजे दमक ५ चाँदनी टोल बस्ने कमल चम्लागाईको घरबाट अपरिचित व्यक्तिहरुले १ तोलाको सुनको चुरा, ६ आनाको सुनको नौगेडी, ६ आनाको तिलहरी, ५ आनाको सुनको औंठी र आधा तोलाको सुनको औंठी, १० आनाको सुनको कानमा लगाउने झुम्का र नगद २५ हजार चोरी गरेका थिए ।  घटनाको अनुसन्धान गरी पाउँ भनी कमला चम्लागाईले इलाका प्रहरी कार्यालय दमकमा निवेदन दिएकी थिइन् । उक्त निवेदनको आधारमा सीसीटीभी फुटेजलगायतको माध्यमबाट घटनाको अनुसन्धान गर्ने क्रममा शिवसताक्षी २ घर भई हाल दमक ८ बस्ने प्रकाश घतानी र दमक…

Read More

झापा- झापाको बिर्तामोड बसपार्क क्षेत्रका बासिन्दाले आफ्नो थातथलोको जग्गा रोक्का गरिएको विरोधमा कडा संघर्षको कार्यक्रम सुरु गरेका छन्। विगत दुई वर्षदेखि ५१ बिघा जग्गा रोक्का भएपछि समस्यामा परेका स्थानीयले आगामी निर्वाचनमा कुनै पनि राजनीतिक दलका उम्मेदवारलाई बसपार्क क्षेत्रमा प्रवेश नगराउने र राजनीतिक गतिविधि गर्न नदिने घोषणा गरेका हुन्। उनीहरूले बसपार्कको चारै दिशामा ब्यानर टाँगेर निषेधको जानकारी गराउँदै माइकिङसहित दबाबमूलक आन्दोलन अघि बढाएका छन्। ५१ बिघा बसपार्क समन्वय समितिका सहसचिव शिवराज पौडेलले सबै दलका नेताहरूसँग पटक-पटक गुहार माग्दा पनि आश्वासन मात्र पाएकाले बाध्य भएर निषेधको बाटो रोजेको बताए। समितिका संयोजक सुजनराज शिवाकोटीले यसबारे भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रा.डा.…

Read More