Author: खबरमञ्च
झापा । आफैंले पालेको गोरुले हानेर झापाको गौरादहमा एक जनाको मृत्यु भएको छ भने अर्का घाइते भएका छन्। गौरादह– ७ जामबारी बस्ने अन्दाजी ४८ वर्षीय कृष्ण शर्माको आफैंले पालेको गोरुले हानेर मृत्यु भएको हो। बुधबार साँझ ५.४० बजे बारीमा बाँधेको आफ्नै गोरु सार्ने क्रममा उक्त गोरुले हानेर शर्मा घाइते भएका थिए। उनलाई उपचारको लागि लाइफ लाइन अस्पताल दमक लगिएको थियो। ढाडको ७ वटा करङ भाँचिएका शर्मालाई थप उपचारको लागि नोबेल अस्पताल बिराटनगर रेफर गरिएकोमा बिहीबार दिउँसो ४.२० बजे उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। सोही गोरुलाई समाउने क्रममा छिमेकी अन्दाजी ४५ वर्षीय रविन राजवंशी गम्भीर घाइते भएका छन्।…
काठमाडौँ । नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारको औँसीको दिन भए पनि आज कुनै तिहारको पर्व भने नपरेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । औँसी बेलुकी भएका दिन गरिने लक्ष्मीपूजा बिहीबार नै गरिएको छ । औँसीसहित कार्तिक शुक्ल प्रतिपदा भएका दिन गरिने गाई पूजा शनिबार परेको पनि समितिले तिहारका सम्बन्धमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आज तिहारको कुनै पर्व नपरे पनि औँसी आफैँमा पर्व हो । प्रत्येक महिनाको औँसीलाई पर्व मानिन्छ । औँसीमा विशेषगरी पितृकर्म हुने गर्छ । यो वर्ष तिथिको घटबढका कारण औँसीमा सूर्योदय भएको आजको दिन कुनै पर्व नपरेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले…
काठमाडौँ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिप फुटबल समाप्त भएसँगै नेपाली राष्ट्रिय टोलीकी ‘फरवार्ड’ सावित्रा भण्डारी व्यावसायिक फुटबल खेल्न फ्रान्स प्रस्थान गरेकी छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बुधबार भएको फाइनल खेलमा बङ्गलादेशसँग नेपाल २–१ ले गोलअन्तरले पराजित हुँदै उपविजेतामा सीमित बनेको थियो । योसँगै बङ्गलादेशले भने साफ च्याम्पियसिपमा दोस्रोपटक उपाधि जित्न सफल भएको हो । यसअघि सन् २०२२ मा नेपालमा आयोजित उक्त च्याम्पियनसिपको फाइनल खेलमा नेपाललाई ३–१ गोलअन्तरले हराउँदै उपाधि जितेको थियो । साफ च्याम्पियनसिपको फाइनलमा नेपालको भने यो छैटौँ पराजय हो । फ्रान्सको शीर्ष श्रेणीको महिला फुटबल लिग ‘प्रिमियरा लिग’ मा इए अभान्ट गुएग्यापबाट खेलिरहेकी सावित्रा राष्ट्रिय…
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महाकवि लक्ष्मीप्रसाद देवकोटा संघर्षका लागि प्रेरणाको स्रोत भएको बताएका छन्। प्रधानमन्त्री ओलीले महाकवि लक्ष्मीप्रसाद देवकोटाले जस्तोसुकै अवस्थामा पनि कर्मशील हुन प्रेरित गरेको उल्लेख गरेका हुन्। महाकवि देवकोटाको ११६ औँ जन्मजयन्तिको अवसरमा उनीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै ओलीले देवकोटालाई नेपालीले सधैँ सम्झिरहने बताएका हुन् । महाकविप्रति सम्मान प्रकट गर्दै सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्रीले लेखेका छन्, “आज देवकोटा जयन्ती, हार्दिक श्रद्धा, हार्दिक सम्मान महाकवि देवकोटा, तपाईँलाई सधैँ सधैँ सम्झिरहने छौँ ।”
काठमाडौँ । साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशले लगातार दोस्रो पटक जितेको छ। उपाधि रक्षा गर्ने क्रममा १५ हजार घरेलु दर्शकलाई २-१ ले स्तब्ध पार्दै पाहुना टोली बंगलादेश च्याम्पियन बनेको हो। नेपाल साफ फाइनलमा छैटौं पटक स्तब्ध बन्दा बंगलादेशले लगातार दोस्रो पटक नेपाललाई नै हराएर च्याम्पियन बन्यो। रोमाञ्चक फाइनलमा पहिलो हाफ गोलरहित बराबरी भए पनि दोस्रो हाफमा दुबै टिमले गोलको खाता खोलेका थिए। तर बंगलादेशले निर्धारित समयको ९ मिनेट बाँकी रहँदा गरेको गोल नेपाललाई पुनः एक पटक फाइनलमा स्तब्ध बनाउन पर्याप्त रह्यो। खेलमा बंगलादेशले दोस्रो हाफको सुरवातमै अग्रता लिएको थियो। मोनिका चक्काले ५२ औं मिनेटमा नेपाली डिफेन्डरको गल्तीमा गोल गर्दै खेलमा…
बरहथवा (सर्लाही) । सर्लाहीमा स्यालको आक्रमणबाट यहाँका तीन स्थानीय तहका १३ जना घाइते भएका छन् । मङ्गलबार राति जङ्गलबाट गाउँ पसेको स्यालको समूहले खेतबाट काम गरेर घर फर्कँदै गरेका तथा घरमै बसिरहेका स्थानीयलाई आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । स्यालको आक्रमणबाट बसवरिया गाउँपालिकाका नौ, गोडैता नगरपालिकाका तीन तथा बलरा नगरपालिकाका एक जना घाइते भएका छन् । स्यालको आक्रमणबाट बसवरिया गाँउपालिका–१ का १० वर्षीय रोशन मुखिया, ६० वर्षीय विजय पण्डित, ५५ वर्षीया सिवादेवी साह, ४० वर्षीय सहिद दर्जी, ४० वर्षीय मदैनिया दर्जी र ६ वर्षीय राजु मुखिया, बसवरिया–३ का १५ वर्षीय दीपेन्द्र माझी, बसवरिया–४…
झापा । झापाको दमकमा पटका पड्काउने क्रममा एक बालक गम्भीर घाइते भएका छन्। हिजो साँझ ५ बजे दमक नगरपालिका वडा नम्बर–६ बस्ने ६ वर्षीय बिद्यम अग्रवाल पटका पड्काउने क्रममा घाइते भएका हुन्। उनको अनुहार जलेको छ। घाइते बालकलाई उपचारको लागि लाइफलाइन अस्पताल दमकमा लगिएकोमा त्यहाँ उपचार संभव नभएपछि थप उपचारको लागि भारतको सिलिगुडीतर्फ रेफर गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
पाँचथर । फालेलुङ गाउँपालिका–३ लुङपिन्ताङका चुडामणि तिम्सिनाको घर अगाडिबाट झरेको पहिरो झन्डै एक किलोमिटर तल रहेको हेंवा खोलासम्म पुगेको छ । पहिरोले उहाँका दुई छोरासहित १३ परिवार गाउँलेको खेतबारी बगाएको छ । गत असोज १२ गते बिहानको पहिरोले तिम्सिनाको परिवारसहित यी सबै घरपरिवार फालेलुङ गाउँपालिकाको सेवा केन्द्र थकेपुङमा बसेर हालै भर्खरै घर फर्किएका छन् । असोज ९ गतेदेखि नै वर्षा हुनाका साथै हेंवा खोलामा आएको बाढीले असोज १२ गते बिहान गाउँ नै हल्लाइरहेको थियो । सोही विहान जमिन धाँजा फाट्न थालेका कारण गाउँलेहरु सचेत भए । बिहान गाईवस्तु सार्नलाई किलो काट्दै गर्दा गाउँपालिकाबाट नेपाल प्रहरी आएर घुर्चिएर लगेकाले आफू बचेको…
काठमाडौँ । नेपाल लगातार दोस्रोपल्ट साफ महिला च्याम्पियनसिपको उपाधिका लागि बंगलादेशसँग बुधवार भिड्दैछ । यसअघि पाँचपल्ट फाइनल पुगेर पनि उपाधिविहीन नेपालले बुधवार उपाधि भिडन्तमा साविकको विजेता बंगलादेशविरुद्ध चुनौती प्रस्तुत गर्न लागेको हो । गत संस्करण पनि नेपाल घरेलु मैदानमा बंगलादेशसँग पराजित हुँदा उपाधिविहीन बनेको थियो । यसपल्ट यी दुई टोली दशरथ रंगशालामा नै आमनेसामने हुँदैछ । यस पटक भने नेपाली टोली यो अवसर खेर नफाल्ने लक्ष्यमा छ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एञ्जिला तुम्बापो सुब्बाले पनि उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रिने बताएकी छन् । फाइनलअगाडि पत्रकार सम्मेलनमा एञ्जिलाले सधैं फाइनलमा हार्दै आए पनि यसपल्ट अवसर…
झापा । भारतबाट भन्सार छलेर नेपालतर्फ आउँदै गरेको अवैध मदिरा बोकेको सवारी साधनसहित चालक काँकरभिट्टामा पक्राउ परेका छन्। मंगलबार मेचीनगर ६ भन्सार गेट पछाडि भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर २२ ५०५१ नं को भारतीय कारलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाको टोलीले चेकजाँच गर्दा उक्त कारमा फल्स बटम बनाइ डिकी लगायतका अन्य भागहरूमा लुकाएर ल्याउँदै गरेको ब्ल्याक माउन्टेन ह्विस्की २५४ बोतल, सुपर स्ट्रोङ बियर २४ बोतल बरामद भएको थियो। अन्दाजी मूल्य १ लाख ९८ हजार ९०० मूल्य बराबरको मदिरा र गाडीको बिगो समेत गरी ८ लाख ९८ हजार ९०० को सामानसहित भारतीय चालक जितेन्द्रकुमार पासवानलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।…