झापा । आफैंले पालेको गोरुले हानेर झापाको गौरादहमा एक जनाको मृत्यु भएको छ भने अर्का घाइते भएका छन्।
गौरादह– ७ जामबारी बस्ने अन्दाजी ४८ वर्षीय कृष्ण शर्माको आफैंले पालेको गोरुले हानेर मृत्यु भएको हो।
बुधबार साँझ ५.४० बजे बारीमा बाँधेको आफ्नै गोरु सार्ने क्रममा उक्त गोरुले हानेर शर्मा घाइते भएका थिए। उनलाई उपचारको लागि लाइफ लाइन अस्पताल दमक लगिएको थियो।
ढाडको ७ वटा करङ भाँचिएका शर्मालाई थप उपचारको लागि नोबेल अस्पताल बिराटनगर रेफर गरिएकोमा बिहीबार दिउँसो ४.२० बजे उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
सोही गोरुलाई समाउने क्रममा छिमेकी अन्दाजी ४५ वर्षीय रविन राजवंशी गम्भीर घाइते भएका छन्। टाउकोमा चोट लागेर लाइफ लाइन अस्पताल दमकमा उपचार भइरहेकोमा थप उपचारका लागि उनलाई नोबेल अस्पताल विराटनगर लगिएको छ।
Facebook Comments Box
