झापा । झापाको दमकमा पटका पड्काउने क्रममा एक बालक गम्भीर घाइते भएका छन्।
हिजो साँझ ५ बजे दमक नगरपालिका वडा नम्बर–६ बस्ने ६ वर्षीय बिद्यम अग्रवाल पटका पड्काउने क्रममा घाइते भएका हुन्। उनको अनुहार जलेको छ।
घाइते बालकलाई उपचारको लागि लाइफलाइन अस्पताल दमकमा लगिएकोमा त्यहाँ उपचार संभव नभएपछि थप उपचारको लागि भारतको सिलिगुडीतर्फ रेफर गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
Facebook Comments Box