Author: खबरमञ्च
झापा- प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने राष्ट्रिय स्वतन्त्र पार्टीका १८ जना कार्यकर्ता पक्राउ परेका छन् । सोमबार दिउँसो गौरादह –५, स्थित स्कुलचौनमा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण कार्यक्रमबाट गौरादह बजारमा आयोजित ताजपुरिया समाज कल्याण परिषदको २९ औं स्थापना दिवस कार्यक्रममा सहभागी हुन आउने क्रममा प्रधानमन्त्री ओलीलाई गौरादह बजारस्थित झापा बेकरी हाउस अगाडि राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरुले कालो झण्डा देखाएका थिए । त्यसक्रममा रास्वपाका गौरादह नगर सभापति जगत अधिकारीसहित १८ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा पार्टीका गौरादह नगर सभापति जगत अधिकारी, गौरादह नगर सचिव प्रविण वस्नेत, क्षेत्र नं. ५ की क्षेत्रीय सदस्य निर्मला शर्मा, दमक नगर उप–सभापति प्रतिमा…
झापा- झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ३ बिर्ताबजारबाट खुल्ला बेच्न नपाइने नशालु औषधि बेचेको आरोपमा झापाको बिर्तामोड ३ का एकजना मेडिकल व्यवसायी पक्राउ परेका छन्। बिर्ताबजारमा सञ्चालनमा रहेको मुटु पोलिक्लिनिक एण्ड हाडजोर्नी नसा सेन्टरका सञ्चालक राजेन्द्र शाह पक्राउ परेका हुन्। उनलाई डाक्टरको प्रेस्किप्सन बिना दिन नहुने ट्रामाडोल, लोराजेपामलगायत नशा दिने नियन्त्रित औषधी विक्री गरेको पाइएपछि जनप्रतिनिधि तथा स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् । शाह पक्राउ परेपछि इलाका प्रहरी कार्यालय अनारमनीले औषधि व्यवस्था विभागमा खबर गरेपछि विभागका अधिकारीहरूले प्रहरीको सहयोगमा उक्त औषधि पसलमा खोजतलास गरेका थिए। खोजतलास गर्ने क्रममा सोही प्रकारका नियन्त्रित औषधि शाहले प्लाष्टिकको पोकामा राखेको पाइएको थियो। स्थानीय…
झापा- झापाको बिर्तामोडमा पूर्वाञ्चल स्वास्थ्य सहकारीद्वारा सञ्चालित मनमोहन मेमोरियल सामुदायिक अस्पतालले स्टाफ नर्स, एचए र डिप्लोमा इन फार्मेसीका कक्षा सञ्चालन गर्ने बाटो खुलेको छ। प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सीटीइभिटीले कक्षा सञ्चालनका लागि अनुमति दिएसँगै चिकित्सक शिक्षा आयोगले विद्यार्थी कोटा निर्धारण गरिदिएसँगै यही शैक्षिक बर्ष २०८१/८२ बाट स्टाफ नर्स, एचए र डिप्लोमा इन फार्मेसीका कक्षा सञ्चालन गर्ने बाटो खुलेको हो। प्रत्येक कार्यक्रममा ४०/४० जना विद्यार्थीको कोटा आयोगले तोकिदिएको छ। सीटीइभिटीले आज एक सूचना प्रकाशित गर्दै भर्नाका लागि आवेदन पनि खुल्ला गरिसकेको छ। भर्ना फारम सीटीइभिटीको वेभसाइटबाट भर्न सकिने व्यवस्था गरिएको छ। यही मंसिर २७ गतेसम्म प्रवेश परीक्षाका लागि…
झापा- झापाको दमक वडा नं. ३ मा निर्माण दमक बिजनेस कम्प्लेक्स निर्माण सम्पन्न भए पनि सञ्चालनमा आउन नसकेको दमक भ्यू टावर (प्रस्तावित दमक बिजनेस कम्प्लेक्स)को उद्घाटन हुने भएको छ । स्थानीय सरकार वा कुन निकायले सञ्चालन गर्ने भन्ने विषयमा अन्योलता सिर्जना भइरहेको समयमा यसको स्वामित्व अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिलाई दिने तयारीसहित उद्घाटन हुन लागेको हो । आँउदो मंसिर २३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले भ्यू टावरको उद्घाटन गर्ने कार्यक्रम तय भएको हो । केही समय अघि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिका कार्यकारी निर्देशक तेजबहादुर राईसहितको टोलीले स्थलगत निरीक्षण गरेर यस विषयमा गहन छलफल गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका थिए…
झापा- खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बिर्तामोडले धानको समर्थन मूल्य तोकेर आजदेखि धान खरिद गर्न थालेको छ । खाद्यले रंजित र सोना मन्सुली धानको मूल्य प्रतिक्वीन्टल ३ हजार ५ सय ८० रुपैयाँ ६२ पैसा निर्धारण गरेको हो । पहिलो चरणमा १५ हजार क्वीन्टल सोना मन्सुली र ५ हजार क्वीन्टल रंजित किन्ने तयारी गरिएको खाद्य व्यवस्था कम्पनी बिर्तामोडकी कार्यालय प्रमुख चुलमाया लोवाले बताइन् । उनले बिर्तामोडमा ५० हजार क्वीन्टल धान खरिद गर्ने कोटा रहेको जानकारी दिइन् । कृषि ज्ञान केन्द्र झापाका अनुसार यो वर्ष जिल्लामा ३ लाख ८५ हजार १९६.५ मेट्रिक टन धान उत्पादन भएको छ । केन्द्रका सूचना अधिकारी…
बनियानी (झापा)- झापाको हात्ती प्रभावित क्षेत्रमध्ये एक बिर्तामोड नगरपालिका–७ मा ‘एक घर, एक बत्ती अभियान’ सुरु गरिएको छ । जङ्गली हात्ती प्रभावित यस वडामा स्थानीयलाई रातिको समयमा हिँड्डुल गर्न र हात्तीबाट बच्न सहज होस् भन्ने उद्देश्यले अभियान सुरु गरिएको वडाध्यक्ष अविरल कृष्ण खरेलले जानकारी दिए । बिर्तामोड–७ मा रहेका २४ टोलमध्ये हात्तीबाट बढी प्रभावित बाह्रघरे, झोलुङ्गे, खालबाडी, सिमसार, पाथिभरा, श्रीजंघा, फक्तालुङलगायत टोलमा एक सय ५० भन्दा बढी उज्यालो दिने सडक बत्ती जडान गरिएको उनले बताए। सडक बत्ती जडानका लागि प्रतिबत्ती रु एक हजार पाँच सयदेखि रु तीन हजारसम्म खर्च लाग्ने जनाइएको छ । स्थानीयको घरबाटै विद्युत् लिएर घरअगाडि बत्ती लगाइएको…
चितवन- चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ता र प्रहरीबीच झडप हुँदा आठ जना प्रहरी घाइते भएका छन्। रास्वपा सभापति रवि लामिछानेको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएका उक्त पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार प्रदर्शनकारीले सरकारी वकिलको कार्यालय जाने बाटो अवरुद्ध गर्न खोज्दा झडप भएको हो । प्रदर्शनकारीले ढुङ्गा प्रहार गर्न थालेपछि उक्त कार्य रोक्नका लागि अश्रुग्यास र पानीको फोहोरा प्रयोग गर्नुपरेको उनले बताए। घाइते प्रहरीको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । “प्रहरीले बल प्रयोग गरेको छैन । प्रदर्शनकारीले ढुङ्गा हान्दा प्रहरी घाइते भएका हुन्”, प्रहरी उपरीक्षक मिश्रले भने ।…
काठमाडौँ- सहकारी ठगी तथा संगठित अपराध मुद्दामा प्रहरीको थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध पर्सामा पनि पक्राउ पूर्जी जारी भएको छ । जिल्ला अदालत पर्साले लामिछानेलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो । वीरगञ्जस्थित सानो पाइला सहकारीको रकम गोर्खा मिडियामा गएको देखिएपछि लामिछानेलाई पर्सामा पनि प्रहरीले अनुसन्धान गर्न लागेको बताइएको छ । पर्सा प्रहरी स्रोतका अनुसार लामिछानेसहित १४ जनालाई पक्राउ गर्न जिल्ला अदालत पर्साले पक्राउ अनुमति दिएको हो । गत २ कात्तिकमा पक्राउ परेका लामिछानेको हाल चितवनमा बयान भइरहेको छ । यस अघि लामिछानेको पोखरा, रुपन्देही, काठमाडौँ तथा चितवनमा बयान भइसकेको छ। गोर्खा मिडिया नेटवर्कमा पाँच वटा सहकारीबाट…
झापा- जगतगुरु बालसन्त मोहनशरण देवाचार्यले गौहत्याजस्तो संवेदनशील विषयमा राज्यपक्ष उदासीन भएको आरोप लगाएका छन्। ‘पछिल्लोपटक झापाको कन्काई र अर्जुनधारा नगरपालिकामा गाईको हत्या भएको घटनाले हिन्दू धर्ममाथि चारैतिरबाट आक्रमण भइरहेको पुष्टि भएको छ,’ चतराधामका पिठाधीशसमेत रहेका बालसन्त मोहनशरणले भने, ‘हिन्दु सनातनी धर्मालम्बीहरूले आमा समान मानेकी गाईको हत्या र अवैध ओसारपसार गरिन्छ भने यस्ता अपराधपूर्ण घटना हिन्दु धर्मालम्बीहरुलाई मान्य हुने छैन ।’ अपराधपूर्ण घटनामा संलग्न हत्यारा र मतियारलाई संसारभरका हिन्दु एक भएर ठेगान लगाउने उनले चेतावनी दिए । झापाको सताक्षीधाममा सोमबारदेखि सुरु भएको गोरक्षा महोत्सवको उद्घाटन गर्दै उनले भने, ‘गौहत्याको घटनालाई सरकारले सामान्य रूपमा नलियोस् । धर्मगुरु सडकमा आउनुपर्यो भने त्यसको मूल्य…
झापा- झापामा दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । एकजनाको मोटरसाइकल दुर्घटनामा र अर्का एकजनाको साइकलबाट लडेर मृत्यु भएको हो । मंसिर ४ गते राति अन्दाजी ८: १० बजे कमल गाउँपालिका वडा नं.५ रतुवा पुलस्थित पूर्वपश्चिम राजमार्गमा मे.१० प.१४४१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भइ पुलको बायाँ भागमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाईकल चालक सोही ठाउँ बस्ने ३० वर्षीय रुपेश सुनुवार र सोही मोटरसाइकलमा पछाडी सवार २८ वर्षीय नितेश राई घाइते भएका थिए । दुवै जनालाई निम्स अस्पताल दमकमा सामान्य उपचारपश्चात् थप उपचारको लागि न्युरो अस्पताल बिराटनगर पठाइएकोमा मंसिर १६ गते दुवै जना डिस्चार्ज भइ घर आएका थिए । घाइते नितेश राई आज…