झापा- झापाको बिर्तामोडमा पूर्वाञ्चल स्वास्थ्य सहकारीद्वारा सञ्चालित मनमोहन मेमोरियल सामुदायिक अस्पतालले स्टाफ नर्स, एचए र डिप्लोमा इन फार्मेसीका कक्षा सञ्चालन गर्ने बाटो खुलेको छ।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सीटीइभिटीले कक्षा सञ्चालनका लागि अनुमति दिएसँगै चिकित्सक शिक्षा आयोगले विद्यार्थी कोटा निर्धारण गरिदिएसँगै यही शैक्षिक बर्ष २०८१/८२ बाट स्टाफ नर्स, एचए र डिप्लोमा इन फार्मेसीका कक्षा सञ्चालन गर्ने बाटो खुलेको हो।
प्रत्येक कार्यक्रममा ४०/४० जना विद्यार्थीको कोटा आयोगले तोकिदिएको छ।
सीटीइभिटीले आज एक सूचना प्रकाशित गर्दै भर्नाका लागि आवेदन पनि खुल्ला गरिसकेको छ। भर्ना फारम सीटीइभिटीको वेभसाइटबाट भर्न सकिने व्यवस्था गरिएको छ। यही मंसिर २७ गतेसम्म प्रवेश परीक्षाका लागि फार्म भरिसक्नुपर्ने सीटीइभिटीको सूचनामा उल्लेख छ।
यस अघि नै स्टाफ नर्सको प्रवेश परीक्षामा सहभागी भएर उत्तीर्ण गरिसकेका (निशुल्क) बाहेकका विद्यार्थीहरूका लागि पनि सोही कोटामा भर्ना निवेदन दिनसक्ने सीटीइभिटीले जनाएको छ।
हेर्नुहोस् सूचनाः