Author: खबरमञ्च

झापा- झापाको कन्काई नगरपालिका–६ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली निर्वाचित भएका छन्। आइतबार भएको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार ओलीको चार सय ९३ मत प्राप्त गरी विजयी भएका जिल्ला निर्वाचन अधिकारी तुलसी नेपालले जानकारी दिए । उनका अनुसार नेकपा (एमाले) का तुलाराम बस्नेतले तीन सय ५६ मत, नेपाली कांग्रेसका रामगोपाल ओलीले तीन सय १७ मत, नेकपा (माओवादी केन्द्र) का गणेशबहादुर थापाले दुई सय ७७ मत प्राप्त गरे । यसअघि २०७९ सालमा भएको निर्वाचनमा नेकपा (एमाले) का दीर्घबहादुर थापा पाँच सय आठ मत ल्याई निर्वाचित भएका थिए । कन्काई–६ मा कूल दुई हजार ५८ मतदाता रहेकामा एक हजार पाँच सय १३ मत…

Read More

झापा- झापाको सताक्षीधाममा आयोजित गोरक्षा महोत्सवको लागि शिवसताक्षी नगरपालिकाले भोलि स्थानीय विदा दिएको छ। कार्यपालिकाको मंसिर १४ गतेको बैठकले गोरक्षा महोत्सवका लागि भोलि एक दिन सार्वजनिक विदा दिने निर्णय गरेको शिवसताक्षी नगरपालिकाका प्रवक्ता बहादुर आङ्बोले बताए । उनले भने ‘आकस्मिक सेवाबाहेक अन्य सेवा एक दिनका लागि बिदा दिइएको छ ।’ नगरपालिका मातहतका कार्यालय र सामुदायिक विद्यालयमा बिदा दिएको आङबोले बताए। गोलोक गोवर्धन गौशाला स्थापना भएपछि वर्षेनि गोरक्षा महोत्सव आयोजना भइरहेको छ । महोत्सवकै लागि शिवसताक्षी नगरपालिकाले सार्वजनिक विदा दिएको यो दोस्रो पटक हो। यसअघिको १०८ कुण्डीय कोटीहोममा पनि शिवसताक्षी नगरपालिकाले स्थानीय विदा दिएको थियो। नगरपालिकाले करिव २५ विदेशी राष्ट्रका धार्मिक…

Read More

झापा- झापाको कनकाई ६ मा वडाध्यक्ष पदको लागि भएको मतदानमा कुल १५१३ मत खसेको छ । जम्मा २०५८ मतदाता रहेको सो वडामा पुरुष ६८९ र महिला ८२४ गरी कुल १५१३ अर्थात ७३.५१ प्रतिशत खसेको हो । बिहान ७ बजेदेखि शुरु भएको मतदानको समय बेलुका ५ बजेसम्मका लागि तोकिएको थियो । निर्वाचनमा ८ राजनीतिक दल र एक स्वतन्त्र गरी ९ जना उम्मेद्वार निर्वाचनमा होमिएका छन् । आजै मतगणना गरिने बताइएको छ । मतगणना कतिखेर शुरु गर्ने भन्ने विषयमा छलफल गर्न अहिले सर्वदलीय बैठक चलिरहेको जिल्ला निर्वाचन अधिकारी तुलसी नेपालले बताए । गत असार २ गते यस वडाका वडाध्यक्ष दीर्घबहादुर थापाको निधन…

Read More

झापा – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशको प्रधानमन्त्री जहाँ गए पनि मुर्दावादको नारा लाग्न थालेकाले अब राप्रपाको विकल्प नभएको बताएका छन्। दुई ठूला दलका नेताहरू चाहेको ठाउँमा जान नसकेको अवस्थामा राप्रपा मात्र अबको विकल्प भएको उनले बताए। २०८४ सालको निर्वाचनमा राप्रपा पहिलो शक्ति बन्नुपर्ने उनले बताए। झापाको बिर्तामोडमा आइतबार बिर्तामोड नगर अधिवेशन उद्घाटन गर्दै राप्रपा अध्यक्ष लिङ्देनले सके ०८४ अघि नै सत्ता परिवर्तन गर्ने, नभए ०८४ सालको निर्वाचनमा राप्रपालाई पहिलो शक्ति बनाउन अहिलेदेखि नै काम गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए। उनले भने, ‘उनीहरू जहाँ जान्छन्, त्यहाँ विरोध धेरै छ। मुर्दावादको नारा लाग्छ। ठूला दलको हालत त्यस्तो छ।…

Read More

काठमाडौँ- सर्वोच्च अदालतले कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीविरुद्धको रिट दर्ता गर्न अस्वीकार गरेको छ। अधिकारीविरुद्ध मुद्दा चलाउन माग गर्दै परेको रिट निवेदन सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको हो। अधिकारीविरुद्ध मुद्दा चलाउनुपर्ने माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा रिट दर्ता गर्न खोजे पनि प्रशासनले दरपीठ गरेको हो।

Read More

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि भोलि सोमबार बिहान बेइजिङ प्रस्थान गर्दैछन् । चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा उनले यही मङ्सिर १७ देखि २० गतेसम्म चीनको औपचारिक भ्रमण गर्न लागेका हुन् । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग बेइजिङमा भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Read More

काठमाडौँ- स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि आज भएको निर्वाचनमा करिब ६२ प्रतिशत मत खसेको छ । उपनिर्वाचन भएका स्थानीय तह तथा वडाको अन्तिम मतदाता नामावलीमा दुई लाख २६ हजार सात सय ९९ मतदाता रहेकामा हालसम्मको प्राप्त विवरणअनुसार करिब ६२ प्रतिशत मतदान भएको निर्वाचन आयोगका प्रवक्ता नीता पोख्रेल अर्यालले जानकारी दिइन् । उपनिर्वाचनमा नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ पदका लागि आज मतदान भएको हो । उपनिर्वाचन प्रयोजनका लागि २५ राजनीतिक दल दर्ता भएकामा २० राजनीतिक दलका तर्फबाट उम्मेदवारी परेको थियो । बिहान ७ बजेदेखि सुरु भएको निर्वाचन अपराह्न ५ बजेसम्म सबै…

Read More

झापा- तीब्र गतिका कारण भइरहेको बढ्दो सडक दुर्घटनालाई न्यूनीकरण गर्न आजदेखि झापासहित पूर्वका तीन जिल्लामा टाइमकार्ड लागू भएको छ। आज बिहान मेचीनगरको काँकडभिट्टामा एक कार्यक्रममार्फत झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले टाइमकार्डको शुभारम्भ गरेका हुन्। मध्यम दूरीका सार्वजनिक सवारीसाधनलाई लक्षित गरी झापा, मोरङ र सुनसरी जिल्लामा टाइमकार्ड लागू गरिएको हो। मध्यम दूरीका सार्वजनिक सवारीसाधनलाई टाइमकार्ड लागू हुने र अन्य सवारीसाधनलाई छड्के जाँच गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलले बताए। तोकिएको समयअनुसार चलाए नचलाएको जाँच गर्न पूर्वबाट जाने सवारीसाधनलाई झापाका तीन ठाउँमा चेकिङ हुने भएको छ। पूर्वबाट जाने सवारीसाधनहरुका लागि काँकडभिट्टा, बिर्तामोड र केर्खामा चेकिङ हुन्छ…

Read More

झापा- झापाको सताक्षीधाममा शतबीज छर्न आएकी एक महिलाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय झिलझिलेका अनुसार कनकाई नगरपालिका ४ बस्ने अन्दाजी वर्ष ४५/५०को जस्तो देखिने सरिता टुडूको मृत्यु भएको हो। उनको मृत्युको कारण खुल्न सकेको छैन। प्रहरीले दिउँसो पौने १२ बजे सिकिस्त अवस्थामा फेला पारेको थियो। उनी सताक्षीधाममा शतबीज छर्न आएको बताइएको छ। पितृहरूको नाममा शतबीज छरिसकेपछि उनले भुइँमा प्लास्टिक ओछ्याएर सहयोग मागिरहेकी थिइन् । स्थानीय प्रत्यक्षदर्शीका अनुसार दाताले केही नगद र अन्नपात सहयोग दिइरहेका थिए । प्रत्यक्षदर्शीका अनुसार सहयोग माग्दा माग्दै उनी एक्कासी ढलेकी थिइन्। भुइँमा ढलेपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो । तर, डाक्टरले मृत घोषणा…

Read More

झापा- झापाको शताक्षीधाममा धार्मिक पर्यटकलाई आकर्षित गर्न नेपालमै पहिलो पटक सवा करोड रुद्राक्ष दानाजडित ५१ फिट शिवलिङ्ग निर्माण भएको छ। यो शिवलिङ्गलाई स्थानीय धार्मिक व्यक्तिले ऐतिहासिक शिवलिङ्ग मान्न थालेका छन्। गोलोक गोवर्धन गौशालाले यो शिवलिङ्ग निर्माण गरेको हो। नेपालका ५१ वटा जिल्ला र भारतका सिक्किम, दार्जिलिङ, गान्टोकलगायतका ठाउँबाट रुद्राक्ष सङ्कलन भएको गोवर्धन गौशालाले जनाएको छ। योसँगै भारतकै मणिपुर र आसाम राज्यबाट पनि रुद्राक्ष सङ्कलन भएको छ । गौशालाका अनुसार भुटान, बर्मालगायतका मुलुकबाट पनि रुद्राक्ष संकलन भएर आएको थियो । गएको असार ३ गते अर्थात् असारको निर्जला एकादशीका दिनदेखि निर्माण सुरु भएको यो शिवलिङ्ग १५१ दिनमै निर्माण भइसकेको बताइएको छ ।…

Read More