Author: खबरमञ्च
झापा । जिल्ला अदालत रूपन्देहीले पनि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्न अनुमति दिएको छ। अदालतले उनीसहित १२ जनालाई पक्राउ गर्ने अनुमति दिएको हो। बिहीबार संगठित रूपमा सहकारीको बचत रकम अपचलन गरेको मुद्दामा पक्राउ परेका लामिछाने र पूर्व डिआइजी छविलाल जोशीसहित १२ जनालाई रूपन्देहीको सुप्रिम सहकारीको रकम हिनामिनाको विषयमा अनुसन्धानका लागि अदालतले पक्राउ गर्न अनुमति दिएको हो। जिल्ला अदालत रूपन्देहीका सूचना अधिकारी अनन्तराज मरासिनीले जिल्ला न्यायाधीश श्यामप्रसाद श्रेष्ठको इजलासले उनीहरूलाई पक्राउ गर्ने अनुमति दिएको जानकारी दिए। यसअघि पनि बुटवलबाटै मुद्दाको अनुसन्धान भइरहेको र संसदीय छानविन विशेष समितिको प्रतिवेदनका आधारमा लामिछाने र जोशीसहित १२ जनालाई पक्राउ गरी अनुसन्धानका लागि इलाका प्रहरी…
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकारले विपक्षी दलका नेताहरु केन्द्रित कारबाही गरिरहेको बताएका छन्। बिहीवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले यस्तो आरोप लगाएका हुन्।उनले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको बेलामा कसैलाई पनि पक्ष/विपक्ष नभनी कारबाही गरिएको भए पनि अहिलेको सरकार विपक्षी दलका नेताहरुलाई मात्रै लक्षित गरेर कारबाही गरिरहेको बताए । उनले विपक्षी नेताहरुलाई छानी छानी मुद्दा लगाउने र जेल हाल्ने काममा केन्द्रित भएको बताए। उनले नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङ र नेकपा एमालेका नेता ऋषिकेश पोखरेललाई प्रमाण हुँदाहुँदै पनि खुला रुपमा संरक्षण गरेको आरोप लगाए । पत्रकार सम्मेलनका क्रममा…
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विश्वविद्यालय केही व्यक्तिहरुका कारण असुरक्षित रहेको भन्दै असुरक्षित अवस्थाको अन्त्य गर्न आवश्यक पर्दा सरकारले हस्तक्षेप गर्नुपर्ने बताएकी छन्। बिहीवार सरकार गठनको सय दिनको अवसरमा मन्त्रालयबाट भएको प्रमुख उपलब्धिहरुको सार्वजनिक गर्न आयोजित पत्रकार भेटघाटमा बोल्दै मन्त्री भट्टराईले यस्तो बताएकी हुन् । उनले विश्वविद्यालय राजनीतिक दल र विद्यार्थी युनियनहरु भन्दा बाहेकको एउटा समूहबाट असुरक्षित भएको बताइन् । उनले सो समूह विश्वविद्यालयमा निरन्तर बस्ने र प्राध्यापकहरुलाई धम्क्याउने गरेको भन्दै त्यसको अन्त्यका लागि सरकारले हस्तक्षेप गर्नुपर्ने बताइन्। उनले विभिन्न विश्वविद्यालयहरु तालाबन्दीको अवस्थामा हुँदा तालाबन्दी अन्त्यका लागि सरकारले उच्च स्तरीय आयोग बनाउन लागेको जानकारी दिइन् । आयोगले…
काठमाडौं । भुटान साफ महिला च्याम्पियनसिप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशलामा आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा माल्दिभ्सलाई १३–० ले गोलअन्तरले पराजित गर्दै भुटान सेमिफाइनलमा प्रवेश गरेको हो । भुटानको जितमा देकी लाजोमले पाँच, कप्तान पेमा छोदेन छिरिङ र छिरिङ याङ्देले दुई दुई तथा सोनाम छोदेन, नाम्ग्याल देमा, देकी याङदोन, छिरिङ लाङ्देनले एक एक गोल गरे । देकीले खेलको १५औँ, १९औँ, ४६औँ, ५२ औँ र ७०औँ मिनेटमा गोल गरिन् । यसैगरी पेमाले खेलको ७औँ र १७औँ, छिरिङले ६५औँ र ८०औँ, सोनामले खेलको ५औँ, नाम्ग्यालले ४१औँ, देकीले ४७ औँ तथा छिरिङ लाङ्देनले ६८औँ मिनेटमा गोल…
काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप सात दिन थुनामा राख्न अदालतले आदेश दिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । यसअघिको ६ दिनको म्याद सकिएसँगै लामिछानेलाई आज प्रहरीले म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो ।
झापा । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले सडक अदालतले फैसला गर्ने दिन गएको बताएका छन्। नेकपा एमाले झापाले बिहीबार झापाको बिर्तामोडमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ज्ञवालीले रास्वपाले सडक अदालतबाट फैसला गर्न चाहेको तर अब त्यस्ता दिन गएको बताएका हुन्। नेता ज्ञवालीले रास्वपालाई अदालतले फैसला गर्ने भन्दै सडकबाट फैसला गर्न खोज्नु बेठिक भएको बताए। उनले रास्वपाले ‘क्लिन चिट’ पाएको भन्दै हुर्रे गरिसकेकाले अदालतबाट पनि क्लिन चिट ल्याउन सुझाव दिए। ‘सरकारले संसदीय छानविन समितिको प्रतिवेदन कार्यान्वयन गर्छ,’ ज्ञवालीले भने, ‘कसैलाई कानुन लाग्ने, रास्वपालाई नलाग्ने भन्ने हुँदैन।‘ कांग्रेसका नेता पूर्व गृहमन्त्री बालकृष्ण खाँण, एमालेका केन्द्रीय सचिव टोपबहादुर रायमाझीसहित अन्य धेरै…
झापा । कमल गाउँपालिकाको केर्खामा दुर्घटना भएपछि हिजो साँझदेखि अवरुद्ध पूर्वपश्चिम राजमार्ग करिव १२ घण्टापछि सञ्चालनमा आएको छ। पीडित पक्षसंग ४ बुँदे सहमति भएपछि अहिले बिहान ५ बजेदेखि राजमार्ग सुचारु भएको हो । गएराति ९ बजेदेखि आज बिहान २ः३० बजेसम्म कमल–३ स्थित केर्खा बजारमा रहेको वडा नं– ३ का वडाध्यक्ष अग्नी कोइरालाको घरमा कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईको रोहवरमा वडाध्यक्ष कोइराला, पीडित पक्ष, नागरिक समाज र प्रहरी प्रशासनलगायत करिब २० जनाको उपस्थितिमा सर्वपक्षीय बैठक ४ बुँदे लिखित सहमति गरिएको हो । पीडित पक्षलाई अधिकतम क्षतिपूर्ति दिलाउनका प्रयत्न गर्ने, जनप्रतिनिधि तथा प्रशासनको संयुक्त पहलमा दोषी चालकमाथि कार्वाही लागि माग गर्ने, त्रिपक्षीय…
झापा । रात्रिबसको ठक्करबाट हजुरबुवा र नातिनीको घटनास्थलमै मृत्यु भएपछि आक्रोशित स्थानीयबासीले केर्खा बजारमा रहेको प्रहरी विटमा आगजनी गरेका छन्। करिब हजारको संख्यामा रहेका स्थानीयले रतुवामाई बृक्षरोपण आयोजना अगाडि रहेको प्रहरी बिटमा आगजनी गरेका हुन्। सडकमा टायर बालेर उनीहरुले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरिरहेका छन्। असुरक्षित महसुस गरिरहेका सुरक्षाकर्मीहरु केर्खा प्रहरी चौकीभित्र रहेका छन्। काँकडभिट्टाबाट काठमाडौँतर्फ जाँदै गरेको रात्रिबसले कमल गाउँपालिकाको केर्खामा इलेक्ट्रिक साइकललाई ठक्कर दिँदा हजुरबुवा र नातिनीको घटनास्थलमै मृत्यु भएको हो। मृत्यु हुने हजुरबुवा र नातिनी कमल ३ का हुन्। मनोज लिम्बूकी अन्दाजी १२ वर्षकी छोरी कृपा लिम्बू र उनका बुवाको मृत्यु भएको खुलेको छ। ती बालिकाको आज जन्मदिन…
झापा । झापाको कमल गाउँपालिका ३ स्थित केर्खा बजारमा रात्रि बसको ठक्करबाट दुईजनाको घटनास्थलमै मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्ग अन्तर्गत केर्खा बजारमा विद्युतीय साइकलमा सवार हजुरबा-नातिनीलाई काठमाडौँतर्फ जाँदै गरेको रात्रि बसले ठक्कर दिँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घटनास्थल यति बेला तनावग्रस्त बनेको छ भने पूर्व पश्चिम राजमार्गमा यातायात ठप्प भएको छ।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न विपत्तिका बाबजुद पनि वर्तमान सरकारले गर्छु भनेका काम पूरा गरेको बताएका छन् । वर्तमान सरकार जनताको विश्वासले गठन भएको उनले उल्लेख गरे । आफूले सरकारको नेतृत्व गरेको सय दिनको अवधिमा सम्पादन भएका प्रमुख उपलब्धिबारे आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, “यो सरकारले आफूले गर्छु भनेको करिब ७० प्रतिशत काम सम्पन्न गरेको छ । यदि प्रकृति प्रतिकूल नभइदिएको भए बाँकी ३० प्रतिशत काम पनि सरकारले पूरा गर्थ्यो ।” उनले थालेका कामहरू अघि बढाउने र निर्धारित समयमा सक्ने कुरालाई सरकारले पहिलो प्राथमिकतामा राखेको बताए। “पहिलो सय दिनमा हामीले कुन–कुन मन्त्रालयअन्तर्गत के–के काम थालेका छौँ र…