काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकारले विपक्षी दलका नेताहरु केन्द्रित कारबाही गरिरहेको बताएका छन्।
बिहीवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले यस्तो आरोप लगाएका हुन्।उनले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको बेलामा कसैलाई पनि पक्ष/विपक्ष नभनी कारबाही गरिएको भए पनि अहिलेको सरकार विपक्षी दलका नेताहरुलाई मात्रै लक्षित गरेर कारबाही गरिरहेको बताए ।
उनले विपक्षी नेताहरुलाई छानी छानी मुद्दा लगाउने र जेल हाल्ने काममा केन्द्रित भएको बताए। उनले नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङ र नेकपा एमालेका नेता ऋषिकेश पोखरेललाई प्रमाण हुँदाहुँदै पनि खुला रुपमा संरक्षण गरेको आरोप लगाए ।
पत्रकार सम्मेलनका क्रममा माओवादी केन्द्रले कार्तिक १० गते सरकारलाई उत्तरदायी बनाउन खबरदारी सभा गर्ने निर्णय गरेको छ ।
