झापा । झापाको कमल गाउँपालिका ३ स्थित केर्खा बजारमा रात्रि बसको ठक्करबाट दुईजनाको घटनास्थलमै मृत्यु भएको छ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत केर्खा बजारमा विद्युतीय साइकलमा सवार हजुरबा-नातिनीलाई काठमाडौँतर्फ जाँदै गरेको रात्रि बसले ठक्कर दिँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
घटनास्थल यति बेला तनावग्रस्त बनेको छ भने पूर्व पश्चिम राजमार्गमा यातायात ठप्प भएको छ।
Facebook Comments Box
