Author: खबरमञ्च
झापा- स्थानीय जातका तरुलको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा ‘तरुल उत्सव’ हुने भएको छ । माघेसङ्क्रान्ति पर्वको अवसर पारेर यही पुस २९ गतेदेखि माघ १ गतेसम्म उत्सव हुने भएको हो । चार दशकदेखि मानव–हात्ती द्वन्द्व भोग्दै आएका बाहुनडाँगीका स्थानीयले पछिल्लो समय हात्तीले नोक्सानी नगर्ने बालीका रूपमा तरुलखेती गर्दै आएका मेचीनगर–४ का वडाध्यक्ष अर्जुन कार्कीले बताए । पर्यावरणमैत्री अर्गानिक खेतीबालीलाई प्रोत्साहन हुनुका साथै ग्रामीण पर्यटनको प्रवर्द्धन हुने भएकाले तीन वर्षदेखि बाहुनडाँगीमा तरुल उत्सव हुँदै आएको उनले जानकारी दिए। उत्सवमा सबै समुदाय र भूगोलका नेपालीले खाने तरुलका विभिन्न प्रजातिको प्रदर्शनी गरिनुका साथै मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि भइरहेका प्रयासका बारेमा…
झापा- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सम्पत्ति शुद्धीकरणको हतियारले अब ठूला दलका कोही नजोगिने बताएका छन् । राप्रपा कोशी प्रदेश समितिले शनिबार इटहरीमा आयोजना गरेको बृहत् विरोध सभामा अध्यक्ष लिङ्देनले भने, ‘रास्वपा सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरणको हतियार चलेको छ, अब दाप बाहिर आइसकेको यो हतियार रोकिने छैन र रोकिन पनि हुँदैन ।’ उनले नेपालका सबै नेताहरुको सम्पत्ति छानबिन गर्नुपर्ने भन्दै सुरुमा राप्रपा नेताहरूबाट छानबिन गर्न तयार रहेको बताए । अहिलेको व्यवस्थाले भ्रष्टाचारलाई झन्झन् संरक्षण गरेको भन्दै देशको लागि राजासहितको प्रजातन्त्र र हिन्दू राष्ट्र अपरिहार्य रहेकोमा जोड दिए । विरोध सभामा राप्रपाको निर्देशन समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री…
झापा- इलामको सन्दकपुरमा रहेको डेरी उद्योगमा आगलागी हुँदा करिव ३० लाखबराबरको क्षति भएको छ । शनिबार बिहान ९ बजे सन्दकपुर– ३ तालगाउँ बस्ने ४४ वर्षीय सागर खतिवडाको टिनको छानो सिमेन्टले प्लस्टर गरेको दुईतले घरमा आफैले संचालन गरेको अनुकूल दुध डेरीमा आगलागी भएको हो । दुध तताउने क्रममा डेरीमा अचानक भएको सो आगलागीबाट घर,घरभित्र रहेको अन्नपात,लत्ताकपडा र डेरी पूर्णरुपमा जलेर नष्ट हुँदा अन्दाजी ३० लाखबराबरको क्षति भएको इलाम प्रहरीले जनाएको छ । प्रहरी चौकी बन्दुकेबाट खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा बिहान १०:३५ बजे पूर्णरुपमा आगो नियन्त्रणमा आएको थियो ।
महेन्द्रनगर (धनुषा)- नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सका खेलाडीहरु शुक्रबार जनकपुरधाममा ‘ट्रफी परेड’मा सहभागी भएका छन् । बिहीबार राति जनकपुर आइपुगेका खेलाडीहरुले शुक्रबारदेखि मधेस प्रदेशमा ट्रफी परेड सुरु गरेका हुन् । जसअन्तर्गत पहिलो दिन जनकपुरधाममा भव्य नगरपरिक्रमा गरिएको हो । रामजानकी अन्तर्राष्ट्रिय रङ्गशालाबाट विहान सुरू भएको ट्रफी परेड थापा चोक हुँदै पिडारी चोक, रामानन्द चोक, बजरङ्ग चोक, भ्रमरपूरा चोक, जिरो माइल, विश्वकर्मा चोक, मुरली चोक, रामचोक हुँदै जानकी मन्दिरमा समापन भएका थियो । नगरपरिक्रमाका अवसरमा जनकपुरधामका नागरिक समाज, खेलप्रेमीलगायतको सहभागिता थियो ।यही पुस ६ गतेसम्पन्न एनपिएलको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले पराजित गर्दै जनकपुर बोल्ट्स विजेता…
पोखरा- पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको दुई वर्ष पुग्न लागेको छ । सन् २०२३ जनवरी १ मा सञ्चालनमा आएको विमानस्थलमा अझै नियमित अन्तर्राष्ट्रिय उडान भने हुन सकेको छैन । पर्यटन राजधानीका रूपमा रहेको पोखरास्थित यो विमानस्थल सञ्चालनमा ल्याउन सके पर्यटन प्रर्द्धनमा उल्लेख्य टेवा पुग्ने भन्दै यहाँका सरोकार भएकाहरूले निरन्तर चासो दिँदै आएका छन् । विशेष गरी स्थानीय पर्यटन व्यवसायीहरू सरोकार भएका निकायसँगको छलफल तथा प्रवर्द्धनात्मक उडानमार्फत नियमित र व्यावसायिक रूपमा सञ्चालनका लागि ध्यानाकर्षण गराइरहेका छन् । नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीहरूसँग छलफल गर्दै प्रवर्द्धनात्मक उडानमार्फत…
काठमाडौँ- नेता भीम रावललाई पार्टीको संगठित सदस्यसमेतबाट हटाउने नेकपा एमालेको सचिवालय बैठकले निर्णय गरेको छ। पार्टीको सदस्यसमेत नरहनेगरी रावलमाथि एमालेले कारबाही गरेको हो। बुधबार बसेको एमालेको सचिवालय बैठकले संगठित सदस्यसमेत नरहनेगरी कारबाही गरेको उपमहासचिव प्रदीव ज्ञवालीले सञ्चारकर्मीहरूलाई बताए। रावलले पार्टीको निर्देशन अटेर गरी पार्टीको हित विपरीत कार्य गरिरहेको एमालेको आरोप छ। उनले व्यवसायी मिनबहादुर गुरुङबाट दानमा जग्गा लिएकोप्रति पार्टी नेतृत्वमाथि आलोचना गर्दै आएका थिए। त्यसैगरी पार्टीका दुई जना केन्द्रीय सदस्यहरु बिन्दा पाण्डे र उषा किरण तिमिल्सनालाई ६/६ महिना पार्टी सदस्यताबाट निलम्बन गरेको छ।
मङ्गलवारे (इलाम)- इलाममा यस्तो गाउँ छ जहाँ मासु र मदिरा सेवन प्रतिबन्ध छ । लिम्बु समुदाय बाहुल्यता रहेको माङ्सेबुङमा शाकाहारी भोजन मात्रै चल्छ । चुरोट, बिडी, खैनी र मदिराको सेवन निषेध छ । यो स्थानीय सरकारले बनाएको कानुन भने होइन, स्थानीय आफैले यसको पालना गरिरहेका छन् । “कसैले बाहिर गएर खायो भने उनीहरू नै जानुन् तर गाउँमा भने चल्दैन”, स्थानीय अग्रज केहेरसिंह योङहाङले सुनाए। उनका अनुसार यहाँका होटल तथा रेष्टुरेन्टमा पनि मासु पाक्दैन र मदिरा बिक्रीका लागि राखिँदैन । माङ्सेबुङ गाउँपालिका ३ र ५ नम्बर वडामा पर्ने सो गाउँका मानिसले बाहिर जाँदा समेत निषेधित वस्तु सेवन नगर्ने गरेको स्थानीयको दाबी…
झापा- मंगलबार साँझ भद्रपुरमा मोटरसाइकल र अटो एकापसमा ठक्कर खाँदा तीनजना घाइते भएका छन् । साँझ ६.४५ बजे भद्रपुर नगरपालिका वडा न.१० छाता चोकस्थित चन्द्रगढी– चारआली सडकखण्डमा भद्रपुरबाट चारआलीतर्फ जाँदै गरेको मे १ ह २५६३ नम्वरको अटो घोडामारातर्फ मोड्ने क्रममा सोही दिशातर्फ जाँदै गरेको प्र.१–०१ –०१६ प ९९४८ नम्वरको मोटरसाइकलले ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक कचनकवल गाउँपालिका वडा न.७ बस्ने २९ वर्षीय संसाद आलम र सोही मोटरसाइकलमा पछाडी सवार ३२ वर्षीय मोहमद सदाम घाइते भएका छन् । उनीहरुको ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा उपचार भइरहेको छ । दुबैको अवस्था गम्भीर रहेको बताइएको छ । अटो चालक मेचीनगर नगरपालिका वडा…
झापा- छँदाछँदैको साइलेन्सरलाई परिवर्तन गरेर ठूलो आवाज आउने बनाएका केही मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ। झापाको बिर्तामोडमा साइलेन्सर परिवर्तन गरी ठूलो आवाजमा ‘फायरिङ’ गर्दै कुदाउने ७ वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय बिर्तामोडको संयुक्त टोलीले साइलेन्सर परिवर्तन गरी ठूलो आवाजका साथ ध्वनी प्रदूषण गर्ने ७ वटा मोटरसाइकललाई दुई दिनमा नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । नियन्त्रणमा लिइएका मोटरसाइकलहरुमा बुलेट, एनएस, बेनेली, ड्युक, पल्सरलगायत रहेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलले एक महिनामा त्यस किसिमका ३० वटा मोटरसाइकललाई नियन्त्रणमा लिई कारबाही गरिएको…
झापा- पोखरीमा डुबेर झापाको अर्जुनधारामा एक महिलाको मृत्यु भएको छ । दुई दिनदेखि हराइरहेकी अर्जुनधारा नगरपालिका वडा नं.११ लक्ष्मीधाप बस्ने अन्दाजी ५१ वर्षीया बिमला दर्जी मंगलबार दिउँसो पोखरीमा डुबिरहेको अबस्थामा मृत फेला परेकी हुन् । आइतवार दिउँसो ३ बजे कोही कसैलाई नसोधी उनी घरबाट हिडेकी थिइन् । खोजतलास गर्दै जाँदा सोही ठाउँ बस्ने भुपाल गिरीको माछा पोखरीमा दिउँसो १२.३० बजे उनी मृत फेला परेकी हुन् । मृतकका छोरा बिमल दर्जीले इलाका प्रहरी कार्यालय बिर्तामोडमा जानकारी गराउन साथ प्रहरी टोली खटिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।