झापा- इलामको सन्दकपुरमा रहेको डेरी उद्योगमा आगलागी हुँदा करिव ३० लाखबराबरको क्षति भएको छ ।
शनिबार बिहान ९ बजे सन्दकपुर– ३ तालगाउँ बस्ने ४४ वर्षीय सागर खतिवडाको टिनको छानो सिमेन्टले प्लस्टर गरेको दुईतले घरमा आफैले संचालन गरेको अनुकूल दुध डेरीमा आगलागी भएको हो ।
दुध तताउने क्रममा डेरीमा अचानक भएको सो आगलागीबाट घर,घरभित्र रहेको अन्नपात,लत्ताकपडा र डेरी पूर्णरुपमा जलेर नष्ट हुँदा अन्दाजी ३० लाखबराबरको क्षति भएको इलाम प्रहरीले जनाएको छ ।
प्रहरी चौकी बन्दुकेबाट खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा बिहान १०:३५ बजे पूर्णरुपमा आगो नियन्त्रणमा आएको थियो ।
Facebook Comments Box
