काठमाडौँ- नेता भीम रावललाई पार्टीको संगठित सदस्यसमेतबाट हटाउने नेकपा एमालेको सचिवालय बैठकले निर्णय गरेको छ।
पार्टीको सदस्यसमेत नरहनेगरी रावलमाथि एमालेले कारबाही गरेको हो।
बुधबार बसेको एमालेको सचिवालय बैठकले संगठित सदस्यसमेत नरहनेगरी कारबाही गरेको उपमहासचिव प्रदीव ज्ञवालीले सञ्चारकर्मीहरूलाई बताए।
रावलले पार्टीको निर्देशन अटेर गरी पार्टीको हित विपरीत कार्य गरिरहेको एमालेको आरोप छ।
उनले व्यवसायी मिनबहादुर गुरुङबाट दानमा जग्गा लिएकोप्रति पार्टी नेतृत्वमाथि आलोचना गर्दै आएका थिए।
त्यसैगरी पार्टीका दुई जना केन्द्रीय सदस्यहरु बिन्दा पाण्डे र उषा किरण तिमिल्सनालाई ६/६ महिना पार्टी सदस्यताबाट निलम्बन गरेको छ।
Facebook Comments Box