Author: खबरमञ्च

झापा- भारी मात्रामा प्रतिबन्धित औषधिसहित झापाको दमकबाट एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुनसरी रामधुनी ४ घर भई हाल झापा दमक ४ डेरा गरी बस्ने २६ वर्षीय विवेक माझी रहेका छन्। आइतबार दिउँसो २:३० बजे लागुऔषध मुद्धामा पक्राउ परेका मानिसहरूलाई सोधपुछका क्रममा खुल्न आएपछि इलाका प्रहरी कार्यालय उर्लाबारी र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको संयुक्त टोलीले ट्रामाडोल ९१८ पत्ता (९,१८० गोली), स्पास्टिन १६५७ पत्ता (१६,५०० क्याप्सुल) र नगद रू.२ लाख ८९ हजारसहित फेला पारी माझीलाई नियन्त्रणमा लिएको हो । बरामद प्रतिबन्धित औषधि र नगदसहित माझीलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय दमकलाई बुझाएको जनाइएको छ ।

Read More

काठमाडौँ- नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले चैत १५ गतेको तीनकुने–घटनामा मृत्युवरण गरेका पत्रकार सुरेश रजकका परिवारलाई भेटेका छन् । सभापति देउवाले आइतवार दिउँसो स्वर्गीय पत्रकार रजकको डल्लुस्थित निवासमा पुगेर भेटेका हुन् । चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनमा रिपोर्टिङ गर्दैगर्दा त्यहाँस्थित एक निजी घरमा लागेको आगोमा जलेर एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार रजकको निधन भएको थियो । सभापति देउवाले घटनाको सत्यतथ्य छानविन गरी दोषीमाथि कारबाहीका गर्ने आश्वासन दिए ।

Read More

ताप्लेजुङ- करिब चार महिनापछि यहाँको सुकेटार विमानस्थलमा आइतबारदेखि पुनः हवाई सेवा सुरु भएको छ । सुकेटार विमानस्थलमा उडान हुने नेपाल वायुसेवा निगमका दुई जहाजमा समस्या आएपछि मङ्सिरको अन्तिम सातादेखि नियमित उडान बन्द भएको थियो । शुक्रबार तय गरिएको उडान तालिका प्राविधिक समस्याका कारण शनिवारका लागि सारिएको थियो । काठमाडौँबाट पाँच यात्रु लिएर आएको जहाजले ताप्लेजुङबाट चार पुरुष र दुई महिला यात्रु गरी छ जनालाई काठमाडौँ लिएर गएको सुकेटार विमानस्थलले जनाएको छ । लामो समयदेखि हवाई सेवा ठप्प हुँदा आन्तरिक तथा बाह्य पर्यटक, सर्वसाधारणले हवाई सेवा लिन पाएका थिएनन् । यस विमानस्थलमा केही वर्षअघि सीता एयर र तारा एयरले पर्यटकीय याममा…

Read More

झापा- मेचीनगर नगरपालिका-८ का पर्शुराम गिरीले दुई वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका छन् । करिब १० कट्ठा जमिनमा खेती सुरु गरेका उनले एक याममा रु तीन लाख आम्दानी गरिरहेका छन् । वैदेशिक रोजगारीमा १७ वर्ष बसेर स्वदेश फर्केपछि गिरीले व्यावसायिक केराखेती सुरु गरेका हुन् । खेतीबाट मनग्य आम्दानी हुन थालेपछि खेतीको क्षेत्रफल विस्तार गरी १५ कठ्ठा बनाएको उनले उल्लेख गरे । आगामी दिनमा थप खेती विस्तार गर्ने योजनासहित पाँच बिघा जमिन खोजी गरिरहेको उनले बताए।गिरीले ‘जि-नाइन’ जातको केराका छ सय बोट लगाएको जानकारी दिँदै यो केराको कोसा पोटिलो, ठूलो र पाकेपछि अरुभन्दा स्वादिलो हुने बताए। “रुखोपाखो जग्गा भएकाले धान रोप्दा…

Read More

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीका मानव अधिकार तथा संक्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार तथा पूर्व कानूनमन्त्री अग्निप्रसाद खरेलले देशमा विद्यमान मिश्रित निर्वाचन प्रणालीनै स्थिर सरकारका लागि बाधक भएको बताएका छन्। एमाले स्थायी कमिटी सदस्यसमेत रहेका खरेलले अहिलेको निर्वाचन प्रणाली परिवर्तन नगरी स्थिर सरकारको परिकल्पना गर्न नसकिने बताए। तर विद्यमान गणतान्त्रिक व्यवस्था, संघीयता तथा समावेशीतालाई बिगार्न नहुने बताए। शनिवार झापाको बिर्तामोडमा प्रेस चौतारी नेपाल झापा शाखाले आयोजना गरेको पत्रकार भेटघाटका क्रममा आफ्नो धारणा प्रस्तुत गर्दै उनले समानुपातिक निर्वाचनबाट निर्वाचित सांसदहरू राष्ट्रिय सभाको रुप पनि दिन सकिने बताए। उनले भने, ‘त्यो भएन भने प्रत्यक्ष निर्वाचन प्रणालीमै कोटा निर्धारण गर्न सकिन्छ। तर, यो निर्वाचन प्रणालीले…

Read More

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा उल्टो बुद्धिका शासकका कारण नेपाल विकास निर्माणमा पछाडि परेको बताएका छन्। शनिवार बाह्रखरी मिडियाले काठमाडौंमा आयोजना गरेको ‘एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले विश्व राजनीतिक इतिहासमा नेपालको स्वाभिमान र गौरवपूर्ण इतिहास भएको जिकिर गरे । उनले विश्व सभ्यता र ज्ञानको खोजीमा विगतमा नेपाल अग्रणी भए पनि इतिहासका शासकले लादेको कुसंस्कारका कारण सयौँ वर्ष जहाँको त्यहीँ रोकिनुपरेको बताए। विगतमा औपनिवेशिक र सामन्ती प्रथाको राजनीतिक व्यवस्थाका कारण अन्धकारमा धकेलिनुपरेको उनको भनाइ छ । उनले इतिहासमा ज्ञान र शिक्षाको शुरुवात महिलाबाटै शुरु भएको तर सामन्ती प्रथाको राज्यसत्ताका कारण महिलालाई पठनपाठनमा रोक लगाएर आधा…

Read More

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुने घटनाको निष्पक्ष छानविन हुने बताएका छन्। शनिवार थाइल्याण्डको औपचारिक भ्रमण सेकर स्वदेश फर्केका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा उहाँले न्यायिक छानविन हुन पनि सक्ने र नहुन पनि सक्ने बताए। तीनकुने घटनाको लागि न्यायिक छानविन गठन गर्ने कि नगर्ने भन्नेबारेमा विचार गर्ने बताए। प्रधानमन्त्री ओलीले भने, ‘न्यायिक छानविन हुँदैछ । न्यायिक छानविन नभनौँ । न्यायिक छानविन नहुन पनि सक्छ, हुन पनि सक्छ । तर छानविन निष्पक्ष हुन्छ । सबै कुरामा न्यायिक छानविन नै चाहिन्छ भन्ने पनि छैन । त्यो हामी विचार गर्नेछौँ । यसै निष्पक्ष छानविन गर्ने की न्यायिक छानविन गर्ने भनेर…

Read More

झापा- काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेका शिक्षकहरुले आज नयाँ बबरमहल–बानेश्वरको सडकमा सुतेर प्रदर्शन गरेका छन् । केही दिनदेखि बबरमहल–नयाँ बानेश्वर सडकमा नारा–जुलुससहित प्रदर्शन गरेका शिक्षकहरूले आज आधा घण्टा सुतेर प्रदर्शन गरेका हुन् । नेपाल शिक्षक महासंघको नेतृत्वको आन्दोलनका लागि देशभरका शिक्षकहरू काठमाडौं केन्द्रित भएका छन् । शिक्षकहरू शिक्षा ऐनको माग गर्दै आन्दोलनमा उत्रिएका हुन् । यसबेला संसदको अधिवेशन पनि अन्त्य भएकोले शिक्षकहरूले अध्यादेशबाट भए पनि ऐन बनाउन माग गरेका छन् । अध्यादेश सम्भव नभए छिट्टै बर्खे अधिवेशन बोलाएर ऐन बनाउनुपर्ने या त विशेष अधिवेशन बोलाएर पनि आफूहरूको माग पूरा गर्नुपर्ने अडान शिक्षकहरूको छ । आन्दोलनमा उत्रिएका शिक्षकहरुले सरकारले बोलाएको वार्ता…

Read More

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्केका छन्। शनिवार थाइल्याण्डको ५ दिने औपचारिक भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेश फर्केका हुन् । प्रधानमन्त्री ओली चैत्र १९ गते बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलनमा सहभागी हुन थाइल्याण्ड प्रस्थान गरेका थिए । शुक्रवार बिमस्टेक सम्मेलनलाई प्रधानमन्त्री ओलीले सम्बोधन गरेसँगै आज स्वदेश फर्केका हुन् । थाइल्याण्ड भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले थाइल्याण्डका प्रधानमन्त्री पेथोङथान शिनावात्रा, भूटानका प्रधानमन्त्री छिरिङ तोब्गे, म्यान्मारका प्रधानमन्त्री मिन आङ हलिङ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, श्रीलंकाका प्रधानमन्त्री डा हरिनी अमरासुरियासँग भेटवार्ता गरेका थिए।

Read More

पाँचथर- बुधवारदेखि तमोर नदीको किनार साँवासेराको जङ्गलमा डढेलो लागेपछि जङ्गल नजिकै घर भएका गाउँले समस्यामा थिए । अकस्मात डढेलो आइपुग्यो भने खर (फुस)को छानो भएका घर गोठ जोगाउने कुनै उपाय नहुने पीर गाउँलेमा थियो । सुक्खाले अत्यधिक प्रभावित यस स्थानमा वर्षा नभएको पनि छ महिना भइसकेको छ । वर्षा नहुँदा सुक्खाले पात पतिङ्गर सबै सुकिसकेका छन् । त्यसमाथि हावाहुरी अत्यधिक चलिरहेको थियो । बुधवारदेखि सल्किएको डढेलो गाउँ आइपुग्न धेरै समय लागेन । साँवासेरामा लागेको डढेलो शुक्रबार कुम्मायक गाउँपालिका–१ यासोकको टङटङे र लेकेताम वनसम्म आइपुगेको थियो । डढेलो गाउँमा जानबाट रोक्न अग्नि रेखा निर्माण भएको थिएन । सुक्खाले प्रभावित गाउँमा आगो…

Read More