काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुने घटनाको निष्पक्ष छानविन हुने बताएका छन्।
शनिवार थाइल्याण्डको औपचारिक भ्रमण सेकर स्वदेश फर्केका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा उहाँले न्यायिक छानविन हुन पनि सक्ने र नहुन पनि सक्ने बताए।
तीनकुने घटनाको लागि न्यायिक छानविन गठन गर्ने कि नगर्ने भन्नेबारेमा विचार गर्ने बताए।
प्रधानमन्त्री ओलीले भने, ‘न्यायिक छानविन हुँदैछ । न्यायिक छानविन नभनौँ । न्यायिक छानविन नहुन पनि सक्छ, हुन पनि सक्छ । तर छानविन निष्पक्ष हुन्छ । सबै कुरामा न्यायिक छानविन नै चाहिन्छ भन्ने पनि छैन । त्यो हामी विचार गर्नेछौँ । यसै निष्पक्ष छानविन गर्ने की न्यायिक छानविन गर्ने भनेर ।’
उनले सबै कुरामा न्यायिक छानविन जरुरी नरहेको पनि बताए।
Facebook Comments Box