झापा- भारी मात्रामा प्रतिबन्धित औषधिसहित झापाको दमकबाट एकजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सुनसरी रामधुनी ४ घर भई हाल झापा दमक ४ डेरा गरी बस्ने २६ वर्षीय विवेक माझी रहेका छन्।
आइतबार दिउँसो २:३० बजे लागुऔषध मुद्धामा पक्राउ परेका मानिसहरूलाई सोधपुछका क्रममा खुल्न आएपछि इलाका प्रहरी कार्यालय उर्लाबारी र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको संयुक्त टोलीले ट्रामाडोल ९१८ पत्ता (९,१८० गोली), स्पास्टिन १६५७ पत्ता (१६,५०० क्याप्सुल) र नगद रू.२ लाख ८९ हजारसहित फेला पारी माझीलाई नियन्त्रणमा लिएको हो ।
बरामद प्रतिबन्धित औषधि र नगदसहित माझीलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय दमकलाई बुझाएको जनाइएको छ ।
Facebook Comments Box
