काठमाडौँ- नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले चैत १५ गतेको तीनकुने–घटनामा मृत्युवरण गरेका पत्रकार सुरेश रजकका परिवारलाई भेटेका छन् ।
सभापति देउवाले आइतवार दिउँसो स्वर्गीय पत्रकार रजकको डल्लुस्थित निवासमा पुगेर भेटेका हुन् ।
चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनमा रिपोर्टिङ गर्दैगर्दा त्यहाँस्थित एक निजी घरमा लागेको आगोमा जलेर एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार रजकको निधन भएको थियो ।
सभापति देउवाले घटनाको सत्यतथ्य छानविन गरी दोषीमाथि कारबाहीका गर्ने आश्वासन दिए ।
Facebook Comments Box
