Author: खबरमञ्च

काठमाडौं । आईसीसी विश्वकप लिग–२ मा युएईमाथि नेपालले शानदार जित दर्ता गरेको छ । सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट बलिङमा नेपालले घरेलु टोली युएईमाथि ४२ रनको शानदार जित हात पारेको हो । जितसँगै नेपाल युएईलाई पछि पार्दै ३२ अंकका साथ लिग २ मा पाँचौं स्थानमा उक्लिएको छ । शीर्ष पाँचमा रहँदै सोझै ओडिआई मान्यता प्राप्त गर्न अब चारमध्ये दुई खेलमा जित निकाले पर्याप्त हुनेछ । दुवई इन्टरनेशनल क्रिकेट स्टेडियममा भएको खेल जितकालागि २ सय ३० रनको लक्ष्य पछ्याएको युएई ४६ ओभरमा १ सय ८७ रनमा अल आउट भयो । नेपालले लिग २ मा पहिलो पटक युएईलाई हराएको हो ।…

Read More

काठमाडौँ ।  नेपाली कांग्रेसका वरिष्ठ नेतासमेत रहेका राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसँग भेटवार्ता गरेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनाललाई भेट्न पौडेल उनकै निवास डल्लु पुगेका थिए । उनीहरूबीच भेटवार्ताका क्रममा राष्ट्रपति निर्वाचन, समसामयिक राजनीति लगायत विषयमा कुराकानी भएको पौडेलको सचिवालयले जानकारी दिएको छ । ९ दलको समर्थनमा गत फागुन १३ गते पौडेल राष्ट्रपति उम्मेदवार बनेका थिए । यही फागुन २५ गते राष्ट्रपति निर्वाचनका लागि मतदान हुँदैछ । ९ दलबाट पौडेल र नेकपा एमालेबाट सुवास नेम्वाङ राष्ट्रपति पदका लागि उम्मेदवार छन् । दुवै उम्मेदवारले भेटवार्ता र अन्तर्क्रियालाई केही दिनदेखि तीव्रता दिइरहेका छन् ।

Read More

झापा । आज फागुन पुर्णिमा । आज काठमाडौं उपत्यकासहित पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ । फागु अर्थात् होली पर्वको अवसरमा सरकारले सार्वजनिक विदासमेत दिएको छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ । होली एक आपसमा विभिन्न रङ्ग तथा अबीर लगाएर मनाउने चलन छ । फागु पूर्णिमाको अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीका साथै राजनीतिक दलका शीर्ष नेताहरुले शुभकामना दिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले फागु पुर्णिमाको अवसरमा शुभकामना दिँदै पर्वले विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवं कुरीतिहरुलाई निर्मूल गर्दै मौलिक संस्कृतिहरुको संरक्षण र संवर्द्धन…

Read More

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरूको महान् पर्व फागु पूर्णिमा (होली) को सुखद अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले एक शुभकामना सन्देश जारी गर्दै पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवं कुरीतिहरूलाई निर्मूल गर्दै मौलिक संस्कृतिहरूको संरक्षण र संवर्द्धन गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेकी छन् । ‘नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रूपमा होलीमा खेलिने रङहरू जस्तै विविधतापूर्ण छ, यो विविधता हाम्रो पहिचान र शक्ति दुवै हो’, शुभकामना सन्देशमा भनिएको छ, ‘तसर्थ, फागु पूर्णिमा जस्ता पर्वहरूले सम्पूर्ण नेपालीको…

Read More

काठमाडौं । आज फागुन पूर्णिमा । आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा पनि यो पर्व मनाउने प्रचलन छ । होली एक आपसमा विभिन्न रङ्ग तथा अबीर लगाएर मनाउने चलन छ । फागु पूर्णिमाको अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीका साथै राजनीतिक दलका शीर्ष नेताहरूले शुभकामना दिएका छन् ।

Read More

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले यस वर्षको कक्षा १२ को परीक्षा बैशाख २६ गतेदेखि गर्ने गरी परीक्षा तालिका सार्वजनिक गरेको हो । परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुने छ । परीक्षा जेठ ५ गते शुक्रबारसम्म चल्ने छ । कार्यालयले साधारण, परम्परागत र प्राविधिक विषय समूहतर्फका नयाँ तथा पुरानो पाठ्यक्रम अनुसारका नियमित, ग्रेडवृद्धि एवम् आंशिक परीक्षार्थीहरुको वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ ।

Read More

काठमाडौं । सरकारले पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्ति पूर्णतः भ्रमपूर्ण रहेको बताएको छ। आइतबार विज्ञप्ति सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्‍चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले अध्यक्ष ओलीको भनाइप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको बताएकी हुन्।  विज्ञप्तिमा भनिएको छ, ‘‘मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा सरकारले कुनै अमूक देशको प्रस्तावमा कुनै अर्को देशलाई लक्षित गरी विश्वविद्यालय स्थापना गर्न थालेको भन्ने अभिव्यक्ति पूर्णतः भ्रमपूर्ण रहेको छ। नेपाल सरकारले यससम्बन्धी कुनै निर्णय नगरेको स्पष्ट गर्न चाहन्छौं।’’  प्रवक्ता शर्माले मुस्ताङमा कलेज स्थापनाका लागि सहयोग गर्न अनुरोध गर्दै भारतीय दूतावासमा पत्र लेखेको सम्बन्धमा मिडियामा आएका विषयको आवश्यक छानबिन गरेर सत्य र तथ्य…

Read More

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध मुद्दा दर्ता गर्दा समेत कोही बोल्न नसकेको भन्दै आलोचना गरेका छन् । आइतबार काठमाडौंमा सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले गरेको अन्तरक्रियामा उनले यस्तो बताएका हुन् । उनले मुद्दा दर्ता भइसक्दा समेत प्रधानमन्त्री प्रचण्डको पार्टीले कुनै आवाज नउठाएको विषयमा प्रश्न गरे । माओवादीलाई अपराधी र हत्यारा भन्ने मान्छेलाई ठेगान लगाउने तागत आफूसँग रहेको भन्दै उनले माओवादीलाई अपराधीकरण नगर्न चेतावनी दिए । माओवादीलाई अपराधी बनाए इतिहास दोहोर्‍याउने उनको चेतावनी थियो । “हामीले बनाएको यो अवस्था आज हेर्ने हो भने लथालिंगजस्तो, उदासजस्तो, जसले गर्व…

Read More

काठमाडौं । फागुन १२ गते बनेको नयाँ गठबन्धनको बैठक सुरू भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो। बैठकमा राष्ट्रपति निर्वाचन, मन्त्रिमण्डल विस्तारलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति निर्वाचनअघि नेपाली कांग्रेसलगायतका दलहरूसँग गठबन्धन बनाएका थिए। आजको बैठकमा यसअघि उपस्थित हुँदै आएका दलका अलावा नेपाल समाजवादी पार्टीका तर्फबाट बाबुराम भट्टराई पनि उपस्थित भएका छन्।

Read More

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति समक्ष सरकारको वार्षिक प्रतिवेदन बुझाएका छन्। आइतबार सितल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रधानमन्त्री प्रचण्डले नेपाल सरकारको आर्थिक वर्ष २०७८/०७९को वार्षिक प्रतिवेदन बुझाएका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

Read More