काठमाडौं । फागुन १२ गते बनेको नयाँ गठबन्धनको बैठक सुरू भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो।
बैठकमा राष्ट्रपति निर्वाचन, मन्त्रिमण्डल विस्तारलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति निर्वाचनअघि नेपाली कांग्रेसलगायतका दलहरूसँग गठबन्धन बनाएका थिए।
आजको बैठकमा यसअघि उपस्थित हुँदै आएका दलका अलावा नेपाल समाजवादी पार्टीका तर्फबाट बाबुराम भट्टराई पनि उपस्थित भएका छन्।
Facebook Comments Box
