Author: खबरमञ्च
काठमाडौं। निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको अन्तिम मतपरिणाम आज साँझनै सार्वजनिक गर्ने भएको छ। बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बिहान १० देखि मतदान जारी छ। आयोगले दिउँसो ३ बजेसम्म मतदानकाे लागि समय तय गरेको छ। मतदान सकिएसँगै मतगणनाको तयारी सुरु गर्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। राष्ट्रपति निर्वाचनमा संघीय संसद्का तीन सय ३२ र प्रदेश सभा सदस्य पाँच सय ५० मतदाता छन्। मतदानका लागि महिला र पुरुषका लागि बेग्लाबेग्लै लाइनको व्यवस्था गरिएको छ। निर्वाचनमा संघीय सांसदको एक मत बराबर ७९ र प्रदेश सभा सदस्यको एक मत बराबर ४८ मतभार कायम गरिएको छ। राष्ट्
काठमाडौं। सरकारले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक आजै प्रतिनिधि सभामा दर्ता गर्ने निर्णय गरेको छ। बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधि सभामा दर्ता गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। यस्तै, मन्त्रिपरिषद् बैठकले खाद्य पदार्थमा जीवनाशक विषादीको अवशेषको अधिकतम सीमा निर्धारण गर्ने विषय थप छलफलका लागि सम्बन्धित समितिमा पठाउने निर्णय पनि गरेको छ।
काठमाडौं । नेपालको तेस्रो राष्ट्रपति चयनका लागि मतदान भइरहेको छ । संसद भवन नयाँबानेश्वरमा मतदान जारी छ । राष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार छन् । पौडेलका पक्षमा ८ दहले समर्थन गर्ने भनेको छ भने नेम्वाङका पक्षमा अहिलेसम्म एमाले एक्लै मैदानमा छ।
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रथम महिला राष्ट्रपतिका रुपमा विद्या भण्डारीको भूमिका गौरवपूर्ण रहेको बताएका छन् । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा अखिल नेपाल महिला संघले बुधबार आयोजना गरेको कार्यक्रममा ओलीले भण्डारीले ७ वर्षसम्म राष्ट्रपतिको जिम्मेवारी कुशलतापूर्वक निभाएको बताए । पहिलो कार्यकालको सफल र मर्यादित भूमिकालाई हेरेर राष्ट्रपतिमा भण्डारीलाई दोहोर्याएको पनि ओलीले बताए । उनले अगाडि भने, ‘राजनीतिक स्वार्थ प्रेरितहरुले आफ्नो संकिर्ण स्वार्थमा ठेस लाग्दा वा पूरा नहुँदा राष्ट्रपतिको सम्मानित ओहदाको समेत मर्यादा नगरेर बकवास गरेका हुनसक्छन् । त्यसको खास अर्थ छैन ।’
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महिलाहरुमा देखिने पाठेघर र स्तन क्यान्सरको उपचारलाई निःशुल्क गरेर विशेष कार्यक्रमको रुपमा सेवा विस्तार गर्ने बताएका छन् । ११३औं अन्तर्राष्ट्रिय महिला दिवस मुल समारोह समितिले बुधबार आयोजना गरेको कार्यक्रममा प्रचण्डले सातवटै प्रदेशमा निःसन्तान उपचार सेवा, वडास्तरमा नवजात शिशु स्याहार केन्द्रको स्थापना गर्ने बताए । उनले अघि भने, ‘महिलाहरूमा देखिने पाठेघरको क्यान्सर र स्तन क्यान्सरको सिघ्र पहिचान र उपचारलाई विशेष कार्यक्रमको रूपमा निःशुल्क सेवा विस्तार गरिनेछ ।’ पाठेघरको क्यान्सर रोकथामको लागि ९ देखि १३ वर्षका बालिकालक्षित एचपीभी खोप कार्यक्रमलाई देशव्यापी विस्तार गर्ने समेत उनले बताएका छन् । उद्यमशीलता प्रवद्र्धनमा देखिएका कानूनी र व्यवहारिक जटिलता अन्त्य…
काठमाडौँ। राष्ट्रपति निर्वाचनबारे छलफल गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ। बैठक पार्टी केन्द्रीय कार्यलय धुम्वाराहीमा जारी रहेको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। बैठकले राष्ट्रपति निर्वाचनमा भाग लिने-नलिनेबारे निर्णय गर्नेछ। प्रधानमन्त्री पुष्पकमल दाहालको पछिल्लो कदमसँग रुष्ट भएर राप्रपा फागुन १३ गते सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको थियो। राष्ट्रपति मनोनयनमा समर्थक र प्रस्तावक दुवै नबसेको राप्रपाले राष्ट्रपतिको चुनावबारे औपचारिक निर्णय लिन लागेको हो। राष्ट्रपति निर्वाचनमा आठ दलीय गठबन्धनबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल उम्मेदवार रहेका छन् भने नेकपा एमालेबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार रहेका छन्।
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई भेटेर समवेदना दिएका छन् । नेपालका भाइ सरोज कुमार उपाध्यायको शनिवार निधन भएको थियो । नेपाललाई भेट्न ओली उनी बसेको किरिया पुत्री भवनमा आज दिउँसो पुगेका हुन् । भेटमा ओलीले माधव नेपालका भाइ उपाध्यायको निधनप्रति दुःख व्यक्त गर्दै शोकमा रहेका परिवारमा समवेदना व्यक्त गरेका छन्। उपाध्यायको शंखमुलस्थित एक रेस्टुरेन्टको छैटौँ तलाबाट खसेर निधन भएको थियो ।
राष्ट्रपति निर्वाचनको तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।
राष्ट्रपतिका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेका सुवास चन्द्र नेम्वाङ उम्मेदवार छन् । आयोगका अनुसार भोलि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान समय तोकिएको छ ।
झापा । झापामा धुमधामका साथ होली पर्व मनाइएको छ । होली मनाउन हजारौं झापाली बिर्तामोडको सिटी सेन्टरको प्रांगणमा भेला भएका थिए । एक आपसमा रंग दलेर उनीहरूले होली मनाएका छन् । होलीका लागि भनेर तयार पारिएको निखर सेतो टिसर्ट र बजारको ‘फेसनेबल हाफ पाइन्ट’मा थरीथरीका रङ्गको स्पर्शले उनीहरूको शरीर र लगाएको कपडा नै सप्तरङ्गी बनेको थियो । अनुहार चिनिने गरी मात्रै रङ्ग दलिएको थिएन । सबैका हातहातमा रङ्गका पोका थिए । होली सामाजिक एकता र भाइचारा विस्तार गर्ने र सुखदुःख साट्ने पर्व हो । सरकारले होलीमा सार्वजनिक बिदा दिएकाले पनि यसको महत्व विशेष रहेको कुरा स्पष्ट हुन्छ । तस्वीरमा हेरौं बिर्तामोडको होलीः
काठमाडौं। जनयुद्धमा मारिएका व्यक्तिका आफन्तले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध मङ्गलवार सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन्। २८ जनाले संयुक्त रुपमा दिएको निवेदन दर्ता भएको हो। यसअघि सर्वोच्च अदालत प्रशासनद्वारा दरपिठ गरिएको रिट दर्ता गर्न भन्दै आदेश जारी भएको थियो। त्यसपछि निवेदकहरूको रिट दर्ता भएको हो।