काठमाडौं। निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको अन्तिम मतपरिणाम आज साँझनै सार्वजनिक गर्ने भएको छ।
बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बिहान १० देखि मतदान जारी छ। आयोगले दिउँसो ३ बजेसम्म मतदानकाे लागि समय तय गरेको छ। मतदान सकिएसँगै मतगणनाको तयारी सुरु गर्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
राष्ट्रपति निर्वाचनमा संघीय संसद्का तीन सय ३२ र प्रदेश सभा सदस्य पाँच सय ५० मतदाता छन्। मतदानका लागि महिला र पुरुषका लागि बेग्लाबेग्लै लाइनको व्यवस्था गरिएको छ।
निर्वाचनमा संघीय सांसदको एक मत बराबर ७९ र प्रदेश सभा सदस्यको एक मत बराबर ४८ मतभार कायम गरिएको छ। राष्ट्
Facebook Comments Box
