काठमाडौँ। राष्ट्रपति निर्वाचनबारे छलफल गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ।
बैठक पार्टी केन्द्रीय कार्यलय धुम्वाराहीमा जारी रहेको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। बैठकले राष्ट्रपति निर्वाचनमा भाग लिने-नलिनेबारे निर्णय गर्नेछ।
प्रधानमन्त्री पुष्पकमल दाहालको पछिल्लो कदमसँग रुष्ट भएर राप्रपा फागुन १३ गते सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको थियो। राष्ट्रपति मनोनयनमा समर्थक र प्रस्तावक दुवै नबसेको राप्रपाले राष्ट्रपतिको चुनावबारे औपचारिक निर्णय लिन लागेको हो।
राष्ट्रपति निर्वाचनमा आठ दलीय गठबन्धनबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल उम्मेदवार रहेका छन् भने नेकपा एमालेबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार रहेका छन्।
Facebook Comments Box