झापा । झापामा धुमधामका साथ होली पर्व मनाइएको छ ।
होली मनाउन हजारौं झापाली बिर्तामोडको सिटी सेन्टरको प्रांगणमा भेला भएका थिए ।
एक आपसमा रंग दलेर उनीहरूले होली मनाएका छन् ।
होलीका लागि भनेर तयार पारिएको निखर सेतो टिसर्ट र बजारको ‘फेसनेबल हाफ पाइन्ट’मा थरीथरीका रङ्गको स्पर्शले उनीहरूको शरीर र लगाएको कपडा नै सप्तरङ्गी बनेको थियो ।
अनुहार चिनिने गरी मात्रै रङ्ग दलिएको थिएन । सबैका हातहातमा रङ्गका पोका थिए ।
होली सामाजिक एकता र भाइचारा विस्तार गर्ने र सुखदुःख साट्ने पर्व हो । सरकारले होलीमा सार्वजनिक बिदा दिएकाले पनि यसको महत्व विशेष रहेको कुरा स्पष्ट हुन्छ ।
तस्वीरमा हेरौं बिर्तामोडको होलीः





Facebook Comments Box
