Author: खबरमञ्च

काठमाडौं । निजामती कर्मचारी अस्पतालले कर्मचारी नियुक्तिका लागि आवेदन आह्वान गरेको छ ।  अस्पतालमा रिक्त पदहरूमा पदपूर्तिका लागि खुला समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकाले आवेदन आह्वान गरिएको हो ।  अस्पतालले दशाैँदेखि चौथो तहसम्मका लागि कर्मचारी माग गरेको छ । एकै दिन दुईवटा सार्वजनिक विज्ञापन प्रकाशन गर्दै अस्पताले दशौँदेखि चौथो तहसम्मका लागि ठूलो संख्याका कर्मचारीका लागि आवेदन आह्वान गरेको हो ।  न्यूनतम योग्यता पुगेका इच्छुक नेपाली नागरिकले चैत २० गतेसम्म आवेदन दिन सक्ने अस्पतालले जनाएको छ । आवेदन अस्पतालको वेबसाइटमार्फत् अनलाइन दरखास्त प्रणालीबाट दिनु पर्नेछ । 

Read More

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले रासायनिक मलको खरिदमा कृषकलाई दिँदै आएको अनुदान घटाउने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन् । किसानले रासायनिक मलमा पाउँदै आएको अनुदान घटाउन हठात् गरिएको निर्णय अनुचित भएको भन्दै लिङ्देनले उक्त निर्णय तत्काल फिर्ता लिन आग्रह गरेका हुन् । आफ्नो फेसबुकमार्फत उनले सुलभ ढंगले मल आपुर्ति व्यवस्था मिलाउन र मल आपुर्ति समस्याको दीर्घकालीन समाधानका लागि देशभित्रै मल कारखाना स्थापनाको प्रक्रिया प्रारम्भ गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिको आजको बैठकले अनुदान घटाउने निर्णय गरेको थियो । कृषि मन्त्रालयले…

Read More

काठमाडौं । राष्ट्रपति कार्यालयले नयाँ राष्ट्रपतिको तस्बिर आफ्नो वेबसाइटमा सार्वजनिक गरेको छ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले शपथ लिएर पदभार ग्रहण गरेसँगै राष्ट्रपति कार्यालयले वेभसाइटमा पनि तस्बिर फेरेको हो। वेबसाइटमा निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको फोटो हटाएर नवनिर्वाचित राष्ट्रपति पौडेलको फोटो राखिएको हो । अब यही तस्बिर नेपालका सबै सार्वजनिक कार्यालय, संस्थान र नियोगहरुमा राखिनेछ।

Read More

काठमाडौँ। नेकपा एमाले संसदीय दलको उपनेतामा सुवासचन्द्र नेम्वाङ नियुक्त भएका छन्। एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले आज नेम्वाङलाई दलको उपनेतामा मनोनित गरेका हुन्। नेम्वाङ यसअघि पनि उपनेता रहेर काम गरिसकेका छन्। संसदीय दलको नेताको अनुपस्थितिमा उपनेताको महत्वपूर्ण भूमिका रहन्छ। राष्ट्रपति निर्वाचनमा एमालेबाट उम्मेदवार पराजित भएपनि संसदीय राजनीतिमा नेम्वाङको भूमिका निकै महत्वपूर्ण मानिन्छ ।

Read More

काठमाडौं । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी शीतल निवासबाट विदा भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलको शपथलगत्तै भण्डारी विदा भएकी हुन्। विदाइका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले भण्डारीलाई सरकारका तर्फबाट मायाको चीनो स्वरुप आँखीझ्याल दिएका थिए भने राष्ट्रपति पौडेलले गाडीसम्मै पुगेर विदा गरेका थिए। हेर्नुस् तस्बिर:

Read More

काठमाडौँ। नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहकाबीच कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पौडेललाई शपथ ग्रहण गराएका हुन्। हेर्नुस् तस्बिर:

Read More

काठमाडौं । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी शीतल निवासबाट विदा भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलको शपथलगत्तै भण्डारी विदा भएकी हुन्। पौडेलले गाडीसम्मै पुगेर भण्डारीलाई विदाइ गरेका थिए। लगातार दुई कार्यकाल पूरा गरेर विदा भएकी भण्डारी छोरीको घर धुम्बाराहीमा गएर केही समय बस्नेछिन्। उनको बुढानिलकण्ठस्थित निवास मर्मतको क्रममा रहेकाले भण्डारी केही समय छोरीको घरमा बस्न लागेकी हुन्।

Read More

काठमाडौँ। नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहकाबीच कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पौडेललाई शपथ ग्रहण गराएका हुन्। शपथ समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाललगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको छ। पौडेलले शपथ ग्रहणपछि आजै पदभार सम्हाल्नेछन् भने भण्डारी विदाइ हुनेछिन्। पौडेल गत २५ गते नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका थिए।

Read More

राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेल शपथ ग्रहणका लागि निस्किएका छन्। बोहोराटारस्थित निवासबाट केहीसमयअघि पौडेल शपथका लागि शीतल निवास प्रस्थान गरेका हुन्। पौडेल गत २५ गते राष्ट्रपतिमा निर्वाचित भएका हुन्।

Read More

तेलुगू भाषामा बनेको चलचित्र ‘आरआरआर’ मा समाविष्ट बहुचर्चित गीत ‘ नाटू-नाटू’ ओस्कर पुरस्कार जित्ने भारतीय चलचित्रको पहिलो गीत बनेको छ। पन्चानब्बेऔँ अक्याडमी अवार्ड्समा लेडी गागा र रिहानाजस्ता हस्तीका सिर्जनालाई पछि पार्दै उक्त गीतले ‘उत्कृष्ट मौलिक गीत’को उपाधि हात पारेको हो। चित्ताकर्षक लय र कोरिओग्राफीका कारण उक्त गीतले विश्वभरि दर्शक र श्रोताहरूलाई मन्त्रमुग्ध पारेको छ। भारतमा निर्मित वृत्तचित्र ‘दि एलिफन्ट विस्परर्स’ ले पनि ‘बेस्ट डक्यूमेन्टरी शर्ट’ विधामा अर्को ओस्कर हात पार्‍यो। उक्त वृत्तचित्रमा बथानबाट छुट्टिएको एउटा घाइते छावाको स्याहारसुसार गर्ने एउटा जोडीको कथा प्रस्तुत गरिएको छ। ‘दि एलिफन्ट विस्परर्स’ सो विधामा ओस्कर जित्ने भारतबाट पहिलो वृत्तचित्र हो। भारतको मनोरम नीलगिरि पर्वतशृङ्खलामा…

Read More