काठमाडौँ। नेकपा एमाले संसदीय दलको उपनेतामा सुवासचन्द्र नेम्वाङ नियुक्त भएका छन्।
एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले आज नेम्वाङलाई दलको उपनेतामा मनोनित गरेका हुन्।
नेम्वाङ यसअघि पनि उपनेता रहेर काम गरिसकेका छन्। संसदीय दलको नेताको अनुपस्थितिमा उपनेताको महत्वपूर्ण भूमिका रहन्छ।
राष्ट्रपति निर्वाचनमा एमालेबाट उम्मेदवार पराजित भएपनि संसदीय राजनीतिमा नेम्वाङको भूमिका निकै महत्वपूर्ण मानिन्छ ।

Facebook Comments Box
