काठमाडौं । राष्ट्रपति कार्यालयले नयाँ राष्ट्रपतिको तस्बिर आफ्नो वेबसाइटमा सार्वजनिक गरेको छ ।
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले शपथ लिएर पदभार ग्रहण गरेसँगै राष्ट्रपति कार्यालयले वेभसाइटमा पनि तस्बिर फेरेको हो।

वेबसाइटमा निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको फोटो हटाएर नवनिर्वाचित राष्ट्रपति पौडेलको फोटो राखिएको हो ।
अब यही तस्बिर नेपालका सबै सार्वजनिक कार्यालय, संस्थान र नियोगहरुमा राखिनेछ।
Facebook Comments Box