Author: खबरमञ्च
काठमाडौं । सरकारले रासायनिक मलमा दिँदै आएको अनुदान कटौतिको निर्णय फिर्ता लिएको छ।सोमबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती नगरी यथावत राख्ने निर्णय गरेको हो।कृषि तथा पशुपन्छी विकास मन्त्रालयको मलमा दिएको अनुदान कटौतिको निर्णय कार्यान्वयन नगर्ने भन्दै बैठकले रासायनिक मलमा दिँदै आएको अनुदानबारे विस्तृत अध्ययन गर्ने जनाएको छ । अध्ययनबाट प्राप्त निष्कर्षका आधारमा आवश्यक निर्णय गरी आगामी दिनमा थप व्यवस्थित र वैज्ञानिक बनाउने निर्णयसमेत गरेको सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।यसअघि कृषि तथा पशुपन्छी विकास मन्त्रालयको मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिको रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गर्ने निर्णय…
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद् विघटनलाई लिएर एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका तर्कले सम्बन्ध बिग्रिएको जिकिर गरेका छन्। प्रतिनिधि सभामा विश्वासको मतका लागि प्रस्ताव पेश गर्दै दाहाल संसद विघटन गर्नु कुनै गर्वको विषय नभएको बताए। विश्वासको मत माग्दै उनले भने, ‘गठबन्धनका घटकबीच केही राजनीतिक र वैचारिक मतभेद थिए। तर, हामीले न्यूनतम साझा कार्यक्रम बनाएर सहमतिको आधार तयार गरेका थियौँ। विगतको मतभेदलाई नउठाउने समझदारी गरेका थियौँ। म त्यो प्रतिबद्धतामा कायम रहे तर केही पक्षबाट त्यसको पालना भएन। संसदमा पहिलो दिन नै संसद् विघटनको अत्यन्त संवेदनशील विषयले प्रवेश पायो र त्यसले सिंगो देश तरङ्गीत पनि बन्यो। त्यो विषयको उठाउन…
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत लिंदैछन् । गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले यसअघि पुस २६ गते विश्वासको मत लिएका थिए । त्यतिबेला विश्वासको मत दिएको नेकपा एमाले सरकारबाट बाहिरएका कारण उनले फेरि विश्वासको मत लिन लागेका हुन् । जसका लागि अहिले संसद बैठक बसिरहेको छ ।
काठमाडौँ । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतलनिवासमा आयोजना गरिएको विशेष कार्यक्रमबीच राष्ट्रपति रामचन्द्र पौडेलले यादवलाई शपथ गराएका हुन् । यादवको शपथसँगै निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको बिदाइ गरिएको छ । पुनलाई नेपाल सरकारको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मायाको चिनो प्रदान गरेका थिए । हेर्नुस् तस्बिरहरु:
काठमाडौं । नवनिर्वाचित उपराष्ट्रपति रामसहाय यादवले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतलनिवासमा सोमबार आयोजित शपथ ग्रहण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट उपराष्ट्रपति यादवले शपथ लिएका हुन्। जनता समाजवादी पार्टीका नेता यादव चैत ३ गते सम्पन्न निर्वाचनबाट उपराष्ट्रपतिमा निर्वाचित भएका थिए। उपराष्ट्रपति निर्वाचित भएपछि यादवले जनता समाजवादी पार्टी (जसपा)बाट अलग भएका छन्। जसपा अध्यक्ष उपेन्द्र यादवले उपराष्ट्रपति निर्वाचित भएपछि यादवको राजीनामा स्वीकृत गरेका छन्। निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल चैत ४ गते सकिएको थियो।
झापा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको नाम परिवर्तन नहुने बताएका छन् । नयाँ योजना शिलान्यास र सम्पन्न भएका आयोजना हस्तान्तरण तथा उद्घाटनका लागि ओखलढुङ्गा आउनुभएका मुख्यमन्त्री कार्कीले रुम्जाटारमा आइतबार आयोजित कार्यक्रममा कोशी नाम सर्वस्वीकार्य नाम भएकाले तत्काल प्रदेशको नाम परिवर्तन नहुने बताए । लामो समय नामविहीन प्रदेशमा आफू मुख्यमन्त्री भएपछि ९० प्रतिशत सांसदको बहुमतले कोशी नाम पारित गरेको बताउँदै उनले तत्काल नाम संशोधनका विषयमा छलफलसमेत नहुने बताए । नामको विषय छाडेर प्रदेशको समृद्धिमा लाग्न उनले आग्रह गरे । “कोशी सबैको सभ्यता र पहिचानसँग मात्रै होइन मानव जीवनसँग पनि जोडिएको नाम हो । ९० प्रतिशतभन्दा बढी सांसदले पारित गरिसकेको…
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको राहदानी किर्ते मुद्दाको प्रक्रिया अघि नबढाउने निर्णय जिल्ला सरकारी वकिल कार्यालयले गरेको छ । प्रहरीको रायसहितको प्रतिवेदनअनुसार सरकारी वकिल कार्यालयले मुद्दा चलाउने आधार नभएको निर्णय गरेको हो । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख अच्युतमणि नेउपानेले विभिन्न आधार र कारणले मुद्दा अघि नबढाउने निर्णय भएको बताउनुभयो । निर्णयको जानकारी उच्च सरकारी वकिल कार्यालयमा पठाइएको छ । उच्च सरकारी वकिल कार्यालयले जिल्लाको निर्णय सदर वा बदर गर्न सक्नेछ । उच्चले पनि जिल्लाकै निर्णय सदर गरेमा महान्यायाधिवक्ताको कार्यालयमा पठाइनेछ । अन्तिम निर्णय महान्यायाधिवक्ता कार्यालयबाटै हुनेछ । लामिछानेले निष्क्रिय रहेको नेपाली नागरिकताका आधारमा सन् २०१५ मा…
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डले आज प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन् । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले दोस्रोपटक विश्वासको मत लिन लागेका हुन् । यसअघि प्रधानमन्त्री प्रचण्डले पहिलोपटक पुस २६ गते विश्वासको मत लिएका थिए । त्यतिबेला सरकारमा सहभागी भएका र समर्थन गरेका नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले संवैधानिक व्यवस्थाअनुसार फेरि विश्वासको मत लिन लागेका हुन् । पहिलोपटक विपक्षी कांग्रेसकोसमेत समर्थन पाएका प्रधानमन्त्रीले यसपटक नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टीबाहेकका सांसदको मत पाउने सम्भावना छ । प्रधानमन्त्रीमा कायम रहन प्रचण्डलाई…
त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा आइतबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का लागि मतदान हुँदैछ । त्रिवि अन्तर्गतका ६० वटा आंगिक र एक हजार ४० वटा सम्बन्धन प्राप्त क्याम्पसहरुमा स्ववियु पदाधिकारी चयनका लागि मतदान भइरहेको छ। निर्वाचनका लागि मतदानको समय आइतबार बिहान ८ देखि दिउँसो ४ बजेसम्म तोकिएको छ । प्रत्येक दुई वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन १५ वर्षपछि हुन लागेको हो । हेर्नुस् झापाका विभिन्न क्याम्पसमा स्ववियू निर्वाचनको चहलपहल:
नेपाली कांग्रेसले पुष्प कमल दाहाल नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ। आज बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले दाहाल नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको हो। यस्तै बैठकले भोलि लिन लागेको विश्वासको मतको पक्षमा मतदान गर्ने पनि निर्णय गरेको छ।