काठमाडौं । सरकारले रासायनिक मलमा दिँदै आएको अनुदान कटौतिको निर्णय फिर्ता लिएको छ।
सोमबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती नगरी यथावत राख्ने निर्णय गरेको हो।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको मलमा दिएको अनुदान कटौतिको निर्णय कार्यान्वयन नगर्ने भन्दै बैठकले रासायनिक मलमा दिँदै आएको अनुदानबारे विस्तृत अध्ययन गर्ने जनाएको छ ।
अध्ययनबाट प्राप्त निष्कर्षका आधारमा आवश्यक निर्णय गरी आगामी दिनमा थप व्यवस्थित र वैज्ञानिक बनाउने निर्णयसमेत गरेको सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
यसअघि कृषि तथा पशुपन्छी विकास मन्त्रालयको मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिको रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गर्ने निर्णय गरेको थियो। त्यस लगत्तै विभिन्न किसान संगठन तथा राजनीतिक दल लगायत नागरिक समाजले पनि त्यसको विरोध गरेका थिए ।
