काठमाडौं । नवनिर्वाचित उपराष्ट्रपति रामसहाय यादवले पद तथा गोपनीयताको शपथ लिएका छन्।
राष्ट्रपति भवन शीतलनिवासमा सोमबार आयोजित शपथ ग्रहण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट उपराष्ट्रपति यादवले शपथ लिएका हुन्।
जनता समाजवादी पार्टीका नेता यादव चैत ३ गते सम्पन्न निर्वाचनबाट उपराष्ट्रपतिमा निर्वाचित भएका थिए।
उपराष्ट्रपति निर्वाचित भएपछि यादवले जनता समाजवादी पार्टी (जसपा)बाट अलग भएका छन्।
जसपा अध्यक्ष उपेन्द्र यादवले उपराष्ट्रपति निर्वाचित भएपछि यादवको राजीनामा स्वीकृत गरेका छन्।
निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल चैत ४ गते सकिएको थियो।
Facebook Comments Box
