Author: खबरमञ्च

काठमाडौं । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरी चुनाव चिह्न वितरण गरिँदै छ । निर्वाचन आयोगका अनुसार आज बिहान ९ बजेदेखि १ बजेसम्मका लागि उम्मेदवारी फिर्ता लिन इच्छुकका लागि समय तोकिएको छ । त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुनेछ । उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएपछि आजै चुनाव चिह्न दिइने आयोगले जनाएको छ । आज उम्मेदवारले चुनाव चिह्न पाएपछि उपनिर्वाचनको प्रसारप्रसार औपचारिकरुपमा सुरु हुनेछ । तनहुँ-१, बारा-२ र चितवन-२ मा आगामी वैशाख १० गते प्रतिनिधि सभा सदस्यका लागि हुने उपनिर्वाचनका लागि गत सोमबार उम्मेदवारी दर्ता भएको हो ।

Read More

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्धको रिटमा सुनुवाइ सकिएको छ। सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँलको एकल इजलासमा भएको सुनुवाइमा निवेदक र लामिछाने पक्षका कानुन व्यवसायीहरूले पनि बहस गरेका छन्।

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध परेको दाबी विरोध र उजुरीमा उनले बुधबार स्पष्टीकरण बुझाउनु पर्नेछ । स्पष्टीकरण दिउँसो १ बजे स्पष्टीकरण बुझाउनै पर्ने बताइएको छ । उनले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा स्पष्टीकरण बुझाउने मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले बताएका छन् । रविले दिएको स्पष्टीकरणबारे अपरान्ह ५ बजेसम्म निर्णय हुने न्यौपानेले बताए । रविको उजुरीको स्पष्टीकरण भने निर्वाचन आयोगमा पठाइने बताइएको छ । उनीविरुद्ध सोमबार र मंगलबार तीनवटा दाबी विरोध र एउटा उजुरी परेको छ ।

Read More

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् । उनलाई त्यहाँको प्रहरीले पक्राउ गरी हिरासतमा राखिएको हो ।  बीबीसीले जनाए अनुसार प्रहरीले नियन्त्रणमा लिए पनि उनलाई हत्कडी भने लगाइएको थिएन । उनले मङ्गलवार अपराह्न म्यान्ह्याटनस्थित फौजदारी अदालतमा आत्मसमर्पण गरेका थिए । दिउँसो १ बजेपछि उनी ट्रम्प टावरबाट निस्किएर अदालततिर गएका थिए ।  अमेरिकामा फौजदारी अपराधको मुद्दा खेप्ने उनी पहिलो पूर्वराष्ट्रपति हुन् । ट्रम्पमाथि ३४ आरोप लागेका छन् । यद्यपि उनले आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका छन् ।

Read More

काठमाडौं । सातदोबाटो युथ क्लबलाई पराजित गर्दै जावलाखेल युथ क्लब सहिद स्मारक ए डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको खेलमा सातदोबाटो युथ क्लबलाई २-१ गोल अन्तरले हराउँदै जावलाखेल शीर्ष स्थान उक्लिएको हो । जावलाखेलको जितमा फोडे फोफाना र एनकोटो मोसाबीले एक एक गोल गरे । सातदोबाटोका दीपक सिंह ठकुरीले एक गोल फर्काए । खेलको ४३ औं मिनेटमा फोफानाले पेनाल्टीमार्फत गोल गर्दै जावलाखेललाई अग्रता दिलाएका थिए । ५० औं मिनेटमा मोसाबीले गोल गर्दा जावलाखेल २-० ले अघि रह्यो । त्यसपछि खेलको ७५ औं मिनेटमा जावलाखेलका दीपकले एक गोल फर्काएपनि जावलाखेल २-१ ले विजयी भयो…

Read More

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाइ भाडा घाटा घटाएको छ । इन्धनको मूल्य घटेसँगै प्राधिकरणले हवाई भाडा घटाएको हो । नयाँ भाडासूची अनुसार सबैभन्दा धेरै काठमाडौंबाट धनगढीको उडानमा ४४० रुपैयाँ भाडा घटेको छ । काठमाडौंबाट हुने माउन्टेन फ्लाइटमा ३४५ रुर्पैयाँले भाडा घटेको छ । काठमाडौंबाट भद्रपुरको भाडा ३०० रुपैयाँले घटेको छ । विराटनगरका लागि २४०, जनकपुरका लागि १३०, भरतपुरका लागि १०५ र पोखराका लागि १५५ रुपैयाँ हवाई भाडा घटेको छ । काठमाडौंबाट भैरहवा उडानको भाडा २०५ रुपैयाँले घटेको छ । नेपालगञ्जमा ३२५, तुम्लिङटारका लागि १८५, सिमराका लागि ९० रुपैयाँ, सुर्खेतका लागि ३४५ र राजविराजका लागि २०५ रुपैयाँ भाडा घटेको छ । नयाँ…

Read More

बिर्तामोड । सहारा हाफ म्याराथनको उपाधि सञ्जय श्रेष्ठ र पुष्पा भण्डारीले जितेका छन् । चारपाने झापामा आज मंगलबार भएको हाफ म्याराथनमा नेपाल आर्मीका श्रेष्ठले निर्धारित दूरी १ घन्टा ६ मिनेट २२ सेकेन्डमा पूरा गर्दै पुरुषतर्फ च्याम्पियन बनेका हुन् । त्यस्तै, सशस्त्र प्रहरी बल नेपालकी भण्डारीले १ घण्टा २१ मिनेट १७ सेकेन्डमा निर्धारित दूरी पार गर्दै महिलातर्फ च्याम्पियन बनिन् । उपाधिसँगै श्रेष्ठ र भण्डारीले समान ५१ हजार नगद, मेडल र प्रमाणपत्र पाए । त्यस्तै, पुरुषतर्फ केन्याली धावक सिमिओन किप्लागातोेले १ घन्टा ७ मिनेट १७ सेकेन्डको समय निकाल्दै दोस्रो स्थान हाँसिल गरे । आर्मीका मोहनदेव जोशीले १ घन्टा ७ मिनेट २२ सेकेन्डमा…

Read More

झापा । प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरले आफू विगतमा धेरै संघर्ष पार गर्दै आएको बताउँदै पुरुषसरह लडिरहने बताएकी छन् । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सहारा नेपाल साकोसको २८ औं स्थापना दिवसमा आयोजना विविध कार्यक्रमहरूको उद्घाटन कार्यक्रममा बोल्दै उनले आफ्ना पहिलाका कष्टपूर्ण दिनहरू सम्झिन् । विद्यालयमा पढ्दा होस् वा अन्य कुनै कार्यक्रमहरूमा सहभागी हुँदा होस्, पुरुषहरूसँग प्रतिस्पर्धा गरेर वर्तमान अवस्थासम्म आइपुगेको उनले बताइन् । उनले भनिन्, ‘म निगुरो बेचेर यहाँसम्म आइपुगेको मान्छे हुँ । काठमाडौं आइपुग्दा पनि खुट्टामा चप्पल पनि हुँदैनथ्यो । चाहे साइकल चलाउँदा होस् वा कुनै प्रतिस्पर्धा गर्दा, म पुरुष साथीहरूसँगै प्रतिस्पर्धा गर्थें ।’ उपसभामुख राना मगरले…

Read More

काठमाडौ । पछिल्लो २४ घण्टामा ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार १५१ जनाको नमुना परीक्षण गर्दा ७६ जनामा कोरोना संक्रमण देखिएको हो । जसमा ३४५ जनाको पीसीआर परीक्षण गर्दा ४९ जना र ८०६ जनाको परीक्षण गर्दा २७ जना कोरोना संक्रमित छन् । यस्तै कोरोनाका १६ जना संक्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर २२७ जना कोरोनाको संक्रिय संक्रमति रहेका छन् ।

Read More

काठमाडौँ । प्रतिनिधि सभा उपनिर्वाचनका लागि तनँहु–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट डा. स्वर्णिम वाग्लेले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । पार्टी सभापति रवि लामिछानेसमेतको उपस्थितिमा जुलुससहित उनी उम्मेदवारी दर्ता गर्न पुगेका हुन् ।वाग्लेको प्रस्तावकमा विश्वनाथ बास्तोला रहेका छन् भने उनको समर्थकमा रुपक विक घिमिरे रहेका छन् ।

Read More