Author: खबरमञ्च

काठमाडौँ- आराध्यदेव भगवान् पशुपतिनाथमा अहिले दर्शनार्थीसहित साधुसन्तहरूको चहलपहल बढेको छ । मन्दिर परिसरमा बाबाहरू धुनी बालेर बसेका छन् भने पशुपतिनाथको दर्शनका लागि आएका भक्तजनको उल्लेख्य सहभागिताले यहाँको रौनकता बढाएको छ । महाशिवरात्रिको पूर्वसन्ध्यामा शनिबार पशुपतिनाथ मन्दिरलगायत आसपासका क्षेत्रमा देशविदेशबाट आउने साधुसन्त तथा भक्तजनको आगमनसँगै मन्दिर आसपास क्षेत्र निकै व्यस्त देखिएको छ । यस वर्षको महाशिवरात्रिका दिन कम्तीमा पनि आठ लाख दर्शनार्थीले पशुपतिनाथको दर्शन गर्ने अनुमान गरिएको र करिब चार हजार साधुसन्तको उपस्थिति रहने अपेक्षा गरिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक एवं प्रवक्ता सुभाष जोशीले जानकारी दिए । उनले भने, “दर्शनार्थीको अत्यधिक भीड व्यवस्थापन गर्न हामीले चारवटा छुट्टाछुट्टै लाइनमार्फत दर्शनको…

Read More

झापा- झापाको भद्रपुरमा प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित पाँचजना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। शनिबार दिउँसो ३:४० बजे भद्रपुर नगरपालिका वडा नं. ८ स्थित सगरमाथा चोकबाट उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेहरूमा भद्रपुर–८ का २८ वर्षीय कृष्ण राजवंशी, १८ वर्षीय निशान मोहम्मद, १९ वर्षीय इमरान मोहम्मद, भद्रपुर–१० का २४ वर्षीय मोहम्मद जाहित र बिर्तामोड–३ का २१ वर्षीय निशान चौधरी रहेका छन्। वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक मोतीलाल योन्जन तामाङको कमाण्डमा खटिएको टोलीले उनीहरूलाई रङ्गेहात समातेको हो। प्रहरीका अनुसार जगतबहादुर मगरको घरमा भाडामा बस्दै आएका निशान मोहम्मदको कोठामा लुकिछिपी लागूऔषध सेवन गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा छापा मारिएको थियो। सो क्रममा उनीहरूको…

Read More

इलाम- इलामको फाकफोकथुम गाउँपालिकामा घरायसी विवादका कारण दुई दिदीबहिनीबीच झगडा हुँदा एकजनाको मृत्यु भएको छ। फाकफोकथुम–१ ठिङगेपुर बस्ने खम्बसिंह लिम्बूकी २९ वर्षीया छोरी अन्जली लिम्बू र उनका ठूलोबुबा/काकाका छोरी ३७ वर्षीया पुष्पा लिम्बूबीच शुक्रबार दिउँसो सामान्य विवादले उग्र रूप लिँदा उक्त दुःखद घटना घटेको हो। प्रहरीका अनुसार, दिउँसो करिब ३ बजेतिर उनीहरूबीच कपाल लुछालुछसहित कुटाकुट भएको थियो। सोही क्रममा अन्जली लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। घटनाको प्रकृति र मृत्युको विस्तृत कारणबारे थप अनुसन्धान भइरहेको छ। इलाका प्रहरी कार्यालय मंगलबारेले मृतकको शवको कानुनी प्रक्रिया पूरा गरी पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाएको थियो। थप परीक्षणका लागि शनिबार दिउँसो…

Read More

झापा- झापाको बुद्धशान्ति गाउँपालिकामा काठको गोलिया बोकेको ट्रक दुर्घटना हुँदा चारजना कामदार गम्भीर घाइते भएका छन्। शनिबार दिउँसो ३ बजे बुद्धशान्ति–५ स्थित गढीगाउँको भित्री सडकखण्डमा ठुटेबरबाट मंगलबारेतर्फ जाँदै गरेको ना.६ ख.७९५४ नम्बरको ट्रक अनियन्त्रित भई सडकको बायाँतर्फ पल्टिएको हो। दुर्घटनामा घाइते हुनेहरूमा अर्जुनधारा–१० का ४० वर्षीय ट्रक चालक अनुकुमार चौधरी र सोही ठाउँका २८ वर्षीय मुकेश मगर रहेका छन्। उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। चालक चौधरीको छाती र टाउकोमा चोट लागेको छ भने मगरको दाहिने हात र खुट्टामा चोट लागेको छ। त्यसैगरी, दुर्घटनामा परी ३० वर्षीय अमिर तामाङ र २२ वर्षीय राकेश तामाङ गम्भीर घाइते भएका छन्। टाउको,…

Read More

झापा- विदेशी खेलाडी जोनाथन जोरिल्लाको उत्कृष्ट ह्याट्रिकको मद्दतले मछिन्द्र फुटबल क्लब झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। चारपटकको च्याम्पियन त्रिभुवन आर्मी फुटबल क्लबलाई ४–० को भारी गोल अन्तरले पराजित गर्दै मछिन्द्रले उपाधि भिडन्त पक्का गरेको हो। अब मछिन्द्रले फाइनलमा सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ। मछिन्द्रले खेलको सुरुवातदेखि नै आर्मीमाथि दबाब बनाएको थियो। खेलको चौथो मिनेटमै अयोला हमजातको क्रस पासलाई सदुपयोग गर्दै जोनाथन जोरिल्लाले गोल गरी टोलीलाई अग्रता दिलाए। २४ औँ मिनेटमा आर्मीका खेलाडीले डिबक्सभित्र ह्यान्डबल गरेपछि मछिन्द्रले पेनाल्टीको अवसर पायो, जसमा जोरिल्लाले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए। ५२ औँ मिनेटमा प्रदिप बुढाथोकीको पासमा जोरिल्लाले तेस्रो गोल…

Read More

झापा- झापाको बिर्तामोडमा लागुऔषधसहित चारजना पक्राउ परेका छन् । शुक्रबार दिउँसो २: ३० बजे बिर्तामोड नगरपालिका वडा नम्बर २ कछुबारी बस्ने गोबिन्द बस्नेतको घरमा लागुऔषधको कारोबार भइरहेको भन्ने बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बिर्तामोड र लागुऔषध ब्युरो काँकडभिट्टाको संयुक्त टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बिर्तामोड वडा न. ९ बस्ने बर्ष ४२ का तिलक बुढाथोकी, वडा न. २ कछुबारी बस्ने बर्ष ४२ का गोबिन्द वस्नेत, वडा नं ३ बस्ने बर्ष ५२ का टंक गिरी र वडा नं ४ बस्ने बर्ष २८ का उदय साह रहेका छन् । उनीहरुको साथबाट प्लाष्टिकसहित ११ ग्राम ४६० मिलिग्राम र प्लाष्टिक बाहेक ८…

Read More

बनियानी (झापा)- झापामा हाडजोर्नी चिकित्सकहरूको बृहत् सम्मेलन ‘अर्थोकोन–२०२६’ हुने भएको छ । नेपाल अर्थोपेडिक एसोसिएसनको ३१औँ वार्षिक सम्मेलनसँगै नेपाल, भारत, भूटान, बङ्गलादेशलगायत मुलुकका ५०० भन्दा बढी हाडजोर्नी चिकित्कसहरुको बृहत् सम्मेलन हुने भएको हो । बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका अध्यक्ष डा लक्ष्मी मैनालीले आजदेखि फागुन ४ गतेसम्म हुने सम्मेलनमा एक सय जनाभन्दा बढी हाडजोर्नीका अन्तरराष्ट्रिय चिकित्सक तथा नेपालका ४०० भन्दा बढी हाडजोर्नी चिकित्सकको बृहत् सहभागिता रहने बताए । ‘शिक्षा, नवप्रवर्तन र सहयोग’ भन्ने मूल नाराका हुने सम्मेलनले यहाँको स्वास्थ्य पर्यटनलाई प्रवर्द्धन गर्नाका साथै अर्थतन्त्रलाई समेत चलायमान बनाउने अपेक्षा गरिएको उनको भनाइ छ । डा प्रेमबहादुर साहीले सम्मेलनबाट हाडजोर्नीका…

Read More

झापा- झापाको बिर्तामोडमा जारी प्रतियोगितामा सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लबले सानदार जित दर्ता गरेको छ। बुधबार भएको खेलमा कप्तान हरि कार्कीको ह्याट्रिकको मद्दतले एपीएफले भुटानको रोयल थिम्पु कलेजलाई ४–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा सुरक्षित गरेको हो। खेल अवधिभर आक्रामक देखिएको एपीएफसामु भुटानी टोली निरिह देखिएको थियो। खेलको सुरुवातदेखि नै दबाब बनाएको एपीएफका लागि छैटौँ मिनेटमै प्रदीप लामाले ३० यार्ड टाढाबाट उत्कृष्ट लङ रेञ्जर गोल गर्दै खाता खोलेका थिए। त्यसपछि कप्तान हरि कार्कीको जादुमयी प्रदर्शन सुरु भयो। उनले खेलको १८ औँ मिनेटमा दीपेश धिमालको पासलाई गोलमा परिणत गरे भने २२ औँ मिनेटमा रिबाउन्स बललाई सदुपयोग गर्दै टोलीको…

Read More

झापा- काठमाडौंमा कुटपिट तथा लुटपाट गरी फरार रहेका दुईजना अभियुक्तलाई प्रहरीले झापाको बिर्तामोडबाट पक्राउ गरेको छ। गएराति ११ बजे बिर्तामोड नगरपालिका वडा नं. १ स्थित पाथीभरा सिनेप्लाजा नजिकैबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो। इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको सादा पोसाकको विशेष टोलीले गोप्य सूचनाका आधारमा उनीहरूलाई पक्राउ गर्न सफल भएको हो। पक्राउ पर्नेहरूमा इलामको सूर्योदय नगरपालिका वडा नं. १४ बस्ने ३३ वर्षीय दिपक राई र सुर्खेतको चिङ्गाड गाउँपालिका वडा नं. ५ बस्ने ४१ वर्षीय रमेश कुडा मगर रहेका छन्। प्रहरीका अनुसार पक्राउ परेका दुवैजना काठमाडौं महानगरपालिका–१४ स्थित ध्याङखेलमा भएको कुटपिट तथा लुटपाटको घटनामा संलग्न भई फरार रहँदै आएका थिए। घटनाबारे थप…

Read More

सुरुङ्गा (झापा)- झापामा सवारी दुर्घटनाक्रम बढेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क अनुसार पछिल्लो २५ दिनमा जिल्लाका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी १८ जनाले ज्यान गुमाएका छन् । यही माघ १ गतेदेखि माघ २५ गतेभित्रका अवधिमा दुर्घटनामा ती व्यक्तिले ज्यान गुमाएका हुन् । अर्जुनधारा नगरपालिका–७ स्थित बिरिङ खोलामा आइतबार भएको ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु भएको छ । बिरिङ खोलाबाट बालुवा लोड गरी अगाडि बढ्ने क्रममा प्र १–०१–००१त ९०१० नं को ट्याक्टरको डालामा सवार सोही ट्याक्टरका सहचालक अर्जुनधारा–३ निवासी हर्क श्रेष्ठका १६ वर्षीय छोरा सरोज श्रेष्ठ ट्याक्टरबाट खस्दा पछाडिको चक्काले किचेको थियो । यसैबीच, तीन दिनअघि स्कुटीको ठक्करबाट घाइते…

Read More