Author: खबरमञ्च

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रवासमा रहेका नेपालीहरुलाई विदेशबाट मतदान गर्न पाउने व्यवस्था गरिने बताएका छन् । नेकपा (माओवादी केन्द्र) प्रवास समन्वय समितिको भर्चुअल कार्यक्रमलाई शुक्रबार राति सम्बोधन गर्दै उनले यसबाट लाखौं प्रवासी नेपाली लाभान्वित हुने र मताधिकारबाट बञ्चित हुनुनपर्ने बताए । उनले विदेशमा रहेका नेपालीले पठाएको विप्रेषणबाट विदेशी मुद्राको सञ्चितिमा उत्साह थपेको जनाउँदै बैदेशिक रोजगारीको सुधारको लागी सरकारले धेरै काम गरिसकेको र अझै थप गर्ने बताए । प्रधामन्त्री दाहालले भने, “वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणले विदेशी मुद्रा सञ्चिती ११ महिनालाई धान्ने अवस्थामा पुग्नु आफैँमा अर्थतन्त्र सुधारको सङ्केत हो ।” उनले सामाजिक सुरक्षा कोषमा प्रवासी नेपालीको आबद्धता श्रमिकको सुरक्षा भएको…

Read More

काठमाडौं । काठमाडौंको भिभिआइपी एरिया बालुवाटारमा गोली चलेको छ । शुक्रबार राति साढे ९ बजेतिर माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा बसेको घरमा गोली चलेको छ । उपत्यका प्रहरी कार्यालयका एक उच्च अधिकृतका अनुसार गोली लागेर नेता पुनकी आमा ७४ वर्षीय तीर्थमाली पुन घाइते भएकी छन् । ट्रमा सेन्टरमा उनको उपचार भइरहेको उनको खुट्टामा गोली लागेको छ । गोली चलाउने प्रहरीलाई राति १ बजे नियन्त्रणमा लिइएको छ । उनलाई प्रहरी प्रधान कार्यालयमा लगेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ वर्ष २०८० साललाई राष्ट्रिय उपलब्धिहरूको ऐतिहासिक वर्ष बनाउने प्रण गरेका छन् । नयाँ वर्ष २०८० सालको शुभकामना सन्देश दिंदै प्रधानमन्त्री प्रचण्डले समस्त नेपाली जनसमुदायको शान्ति, प्रगति र सुस्वास्थ्यको कामना गरेका छन् । नयाँ वर्षमा विश्वास, आशा र साहसका साथ राष्ट्रका कमजोरी नभई राष्ट्रका क्षमता उजागर गर्ने बताएका छन् । “हरेक नयाँ वर्ष एउटा सुरुआत हो, विगतको समीक्षासहित नयाँ सङ्कल्प गर्ने दिन हो, हामीले आत्मसमीक्षा गर्नैपर्छ तर हामीलाई निराश हुने छुट छैन”, शुभकामनामा सन्देशमा उल्लेख छ । नयाँ वर्ष–२०८० को अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री दाहालले भनेका छन्, “सङ्कल्प गरौँ, सिङ्गो राष्ट्रको साझा…

Read More

झापा । आजबाट विक्रम सम्वत २०८० सालको पहिलो दिन सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन वैशाख १ गतेलाई नेपालमा र विदेशमा रहेका नेपालीले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइँदै छ । विक्रम संवत् अनुसार वर्ष २०७९ साललाई बिदा गरी वर्ष २०८० साल आज (शुक्रबार)बाट सुरु भएको हो ।नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन नेपालमा र विदेशमा रहेका नेपालीले विभिन्न कार्यक्रम गरि मनाउँने गर्दछन । प्रत्येक व्यक्तिले गतवर्ष गरेका कामको सफलता-असफलता मूल्यांकन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न नयाँ वर्षका दिन योजना निर्माण एवं सत्संकल्प गर्ने गर्दछन् ।आजको दिनमा नयाँ कामको थालनी गर्ने…

Read More

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निजी स्वार्थमा आधारित कुटनीतिक चरित्रका कारण राष्ट्रिय हितमाथि गम्भीर प्रहार भइरहेको बताएका छन्। नयाँ वर्ष २०८० का अवसरमा शुभकामना सन्देश जारी गर्दै ओलीले यस्तो बताएका हुन्। उनले गठबन्धनका नाममा चरम स्वार्थी समूह राज्यशक्तिको दुरुपयोगमा सक्रिय रहेको समेत आरोप लगाएका छन्। गएको निर्वाचनबाट एमाले बलियो शक्तिका रुपमा स्थापित हुन नसकेपनि राष्ट्रियताको पक्षमा सधैँ लागिरहेको समेत ओलीको दाबी छ। सो अवसरमा ओलीले नयाँ वर्षका उपलक्ष्यमा सबै नेपालीलाई सुस्वास्थ्य अनि सुख शान्ति र सम्बृद्धिको कामना गरेका छन्। उनले आफूहरुले देखेको सम्बृद्ध नेपाल सुखी नेपालीको आकांक्षा पूरा गर्न नयाँ वर्षले सबैलाई प्रेरणा दियोस् भनि कामनासमेत गरेका छन्।

Read More

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले मति, मत, मान्यता र नीति निर्णय भद्रताले गर्ने तर स्वयम् अभद्रतापूर्वक सहमति तोड्ने कुरा राजनीति र राज्य प्रणालीमा वाञ्छनीय नहुने बताएका छन् । नयाँ बर्ष २०८० सालको उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै पूर्व राजा शाहले राजनीति र राज्य सञ्चालनको प्रकृयामा इमान्दारिताको ठूलो महत्व रहने स्मरण गराएका छन् । उनले राजनीतिक दल र त्यसका जिम्मेवार नेताहरुले बोलेको तथा सम्झौता र सहमतिको अझ ठूलो अर्थ राख्ने उल्लेख गर्दै आज देशमा उत्पन्न बेथिति, अविश्वास, द्धन्द र जटिलताको जड पनि त्यही नै भएको जिकिर गरेका छन् । हालैका दशकहरुमा जानेर–नजानेर देशका विभिन्न पक्षहरुबाट जे जस्ता कमजोरी भए त्यसबाट…

Read More

काठमाडौं । आज विक्रम सम्वत २०८० सालको पहिलो दिन । नेपाली पात्रो अनुसार नयाँ वर्ष २०८० साल आजदेखि सुरु भएको हो । सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने संक्रान्तिलाई मेष अर्थात् वैशाख संक्रान्ति भनिन्छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । नयाँ वर्षमा सफलता मिल्ने शुभकामना एक अर्कामा व्यक्तै गर्दै र मिस्ठान्न भोजन, भेटघाट गर्दै आज नयाँ वर्ष विशेष पर्वको रुपमा मनाइने गरिन्छ ।

Read More

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्। प्रत्याशी उमेशलाल श्रेष्ठले उम्मेदवारी फिर्ता लिएसँगै अन्जन निर्विरोध महासंघको वरिष्ठ उपाध्यक्ष चुनिएका हुन्। पहिलो चरणमा तीन जनाले ५० प्रतिशत मत नकटाएपछि दोस्रो चरणमा निर्वाचन हुने भनिएकोमा उमेशलाल श्रेष्ठ र अन्जन श्रेष्ठबीच सहमति भएको हो। सहमति जुटेसँगै उमेशलालले अन्जनलाई समर्थन गरेका हुन्। यसअघि हिजो भएको मतदानमा अञ्जनले ३७.९९ प्रतिशत मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी उमेशलालले ३१.७१ प्रतिशत मत पाएका थिए । ३०.४६ प्रतिशत मत पाएका संघाइ दोस्रो चरणको प्रतिस्पर्धाबाटै बाहिरिएपछि दुईजनाबीच सहमतिको लागि पटक पटक छलफल भएको थियो । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्षमा चुनिएको उम्मेदवार तीन…

Read More

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग भेटर संक्रमणकालीन न्याय प्रक्रियालाई टुंगोमा पुर्याउने लगायत विषयमा ध्यानाकर्षण गराएको छ। बिहीबार सभामुख घिमिरेको कार्यालय सिंहदरबारमा भएको भेटमा एक ज्ञापनपत्र बुझाउँदै संसदमा प्रस्तुत संक्रमणकालीन न्याय सम्बन्धि संशोधन विधेयक अन्तर्राष्ट्रिय मानव अधिकार तथा मानवीय कानून र सर्वोच्च अदालतको फैसला अनुरुप मानव अधिकार मैत्री बनाएपछि मात्र पारित गर्नुपर्ने माग राखिएको छ। यसैगरी माओवादीको जनयुद्ध शुरु भएको दिनलाई ‘जनयुद्ध दिवस’ भन्दै राष्ट्रिय दिवसका रुपमा मनाउने सरकारी निर्णय आपत्तिजनक रहेकोले तत्काल खारेज गर्दै वर्ष २०८० को विदा सूचीबाट तत्काल हटाउनुपर्ने माग पनि राखिएको छ । यस्तै विस्तृत शान्ति सम्झौताको मर्म अनुरुप संक्रमणकालीन…

Read More

काठमाडौं । नेपालमा थप १०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वितेको २४ घण्टामा १ हजार ४ सय ८८ जनाको नमुना परीक्षण गरिएकोमध्ये १०६ जनामा संक्रमण पुष्टि भएको जनाएको छ । ५ सय ४१ जनाको पीसीआर र ९४७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। योसँगै सक्रिय संक्रमितको संख्या ४ सय ३५ जना पुगेको छ।  संस्थागत आइशोलेशनमा २७ जना, आइसीयूमा १२ जना र ३ जनाको भेन्टिलेटरमा उपचार भइहरेको मन्त्रालयले जनाएको छ।

Read More