काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निजी स्वार्थमा आधारित कुटनीतिक चरित्रका कारण राष्ट्रिय हितमाथि गम्भीर प्रहार भइरहेको बताएका छन्।
नयाँ वर्ष २०८० का अवसरमा शुभकामना सन्देश जारी गर्दै ओलीले यस्तो बताएका हुन्। उनले गठबन्धनका नाममा चरम स्वार्थी समूह राज्यशक्तिको दुरुपयोगमा सक्रिय रहेको समेत आरोप लगाएका छन्।
गएको निर्वाचनबाट एमाले बलियो शक्तिका रुपमा स्थापित हुन नसकेपनि राष्ट्रियताको पक्षमा सधैँ लागिरहेको समेत ओलीको दाबी छ।
सो अवसरमा ओलीले नयाँ वर्षका उपलक्ष्यमा सबै नेपालीलाई सुस्वास्थ्य अनि सुख शान्ति र सम्बृद्धिको कामना गरेका छन्।
उनले आफूहरुले देखेको सम्बृद्ध नेपाल सुखी नेपालीको आकांक्षा पूरा गर्न नयाँ वर्षले सबैलाई प्रेरणा दियोस् भनि कामनासमेत गरेका छन्।


Facebook Comments Box
