काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्। प्रत्याशी उमेशलाल श्रेष्ठले उम्मेदवारी फिर्ता लिएसँगै अन्जन निर्विरोध महासंघको वरिष्ठ उपाध्यक्ष चुनिएका हुन्।
पहिलो चरणमा तीन जनाले ५० प्रतिशत मत नकटाएपछि दोस्रो चरणमा निर्वाचन हुने भनिएकोमा उमेशलाल श्रेष्ठ र अन्जन श्रेष्ठबीच सहमति भएको हो। सहमति जुटेसँगै उमेशलालले अन्जनलाई समर्थन गरेका हुन्।
यसअघि हिजो भएको मतदानमा अञ्जनले ३७.९९ प्रतिशत मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी उमेशलालले ३१.७१ प्रतिशत मत पाएका थिए । ३०.४६ प्रतिशत मत पाएका संघाइ दोस्रो चरणको प्रतिस्पर्धाबाटै बाहिरिएपछि दुईजनाबीच सहमतिको लागि पटक पटक छलफल भएको थियो ।
महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्षमा चुनिएको उम्मेदवार तीन वर्षे कार्यकालपछि स्वतः अध्यक्ष हुने व्यवस्था छ ।
Facebook Comments Box
