काठमाडौं । नेपालमा थप १०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वितेको २४ घण्टामा १ हजार ४ सय ८८ जनाको नमुना परीक्षण गरिएकोमध्ये १०६ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।
५ सय ४१ जनाको पीसीआर र ९४७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। योसँगै सक्रिय संक्रमितको संख्या ४ सय ३५ जना पुगेको छ।
संस्थागत आइशोलेशनमा २७ जना, आइसीयूमा १२ जना र ३ जनाको भेन्टिलेटरमा उपचार भइहरेको मन्त्रालयले जनाएको छ।
Facebook Comments Box
