Author: खबरमञ्च

काठमाडौैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् ।  आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर सभापति लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् । सो क्रममा चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकोमा लामिछानेलाई प्रधानमन्त्री प्रचण्डले बधाई दिएका छन् ।  यसअघि निर्वाचित भएपछि लामिछानेले सरकारलाई दिएको समर्थन कायम राखिराख्नु पर्ने भन्ने नरहेको दिएको अभिव्यक्तिप्रति प्रधानमन्त्री प्रचण्डले चासो राखेका थिए । आइतबारको भेटमा पनि सरकारलाई दिएको समर्थन र सहभागी हुने नहुने विषयमा पनि लामिछानेसँग प्रधानमन्त्री प्रचण्डले छलफल गरेका छन् ।  पार्टीको केन्द्रीय केन्द्रीय समितिको बैठक बस्नुअघि सभापति लामिछाने प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका हुन्…

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले संसदीय दलको नेताबाट राजीनामा दिएका छन् । शनिवार बसेको संसदीय दलको बैठकमा उनले संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठसमक्ष राजीनामा बुझाएका हुन् । पार्टीको संसदीय दलको बैठक सोमवार बस्ने र बैठकले पार्टी सभापति रवि लामिछानेलाई संसदीय दलको नेता चयन गर्ने तयारी भएको रास्वपा नेता अर्यालले जानकारी दिए । यही वैशाख १० गते सम्पन्न भएको उपचुनावमा चितवन क्षेत्र नं २ बाट सभापति लामिछाने निर्वाचित भएसँगै शुक्रवार शपथ लिएका थिए ।

Read More

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी आज स्वदेश फर्किने भएका छन् । भारतको मुम्बइस्थित नेशनल बर्न अस्पतालमा उपचाररत भण्डारी आइतबार स्वदेश फर्किन लागेका हुन् ।  नेपाल वायुसेवा निगमको मुम्बई–काठमाण्डौं नियमित उडानबाट भण्डारी स्वदेश फर्किन लागेका उनको सचिवालयले जनाएको छ । अहिले उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । बाँकी उपचार भण्डारीले नेपालमै गर्ने छन् । सांसद भण्डारी फागुन ३ गते स्वदेशमै प्रारम्भिक उपचारपछि डाक्टरहरूको सल्लाहमा भारत गएका थिए । ग्यास लिक भएर भण्डारी घाइते भएका थिए ।

Read More

झापा । नेपाली लेखक संघ झापाले शनिवार साहित्यकार सम्मान कार्यक्रमको आयोजना गरेको छ । बिर्तामोडमा शनिवार आयोजित कार्यक्रममा झापाका दुई अग्रज साहित्यकार कोमलप्रसाद पोखरेल र राजेन्द्र संग्रौलालाई संघले सम्मान गरेको हो । प्रथम लेखक दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा सम्मानित साहित्यकारहरूलाई कार्यक्रमका प्रमुख अतिथि बरिष्ठ गीतकार शिवशंकर थापाले सम्मानपत्र प्रदान गर्नु भएको थियो । नेपाली लेखक संघ झापाका अध्यक्ष कुमार भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रममा झापाका प्रतिष्ठित साहित्यिक व्यक्तित्वहरूको सहभागिता रहेको थियो । कार्यक्रममा सम्मानित व्यक्तित्व संग्रौला र प्रमुख अतिथि थापाले शुभकामना मन्तव्य राख्नु भएको थियो भने लेखक दिवसका बारेमा प्राज्ञ मुनाराज शेर्माले प्रकाश पार्नु भएको थियो ।

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले अघि सारेका माग पुरा गर्न सरकारको ध्यानाकर्षण गराएको छ । शनिबार रास्वपाका सभापति सभापति रवि लामिछानेसहितका नेताहरु माइतीघर पुगेर पुनको आन्दोलनप्रति ऐकवद्धता जनाउँदै माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । रास्वपाका सभापति लामिछानेले महावीर पुनले अघि सारेका चारबुँदे माग पूरा गर्नका लागि अविलम्व वार्ताको टेबुलमा बसी आन्दोलन अन्त्य गर्ने वातावरण तयार गर्न माग गरे । उनले अब सरकारले कार्यतालिका नै बनाएर सरकारले पुनले अघि सारेका मागहरु सम्बोधन गर्नुपर्ने धारणा राखे । लामिछानेले रास्वपाका २१ जना सांसदहरु नै पुनको माग पूरा गर्नका लागि साथमा रहेको बताए ।

Read More

काठमाडौं । मुलुकमा शान्ति सुरक्षा कायम गर्न नसकेको र अयोग्य लडाकुलाई अनावश्यक रकम दिन लागिएको भन्दै एमाले निकट राष्ट्रिय युवा संघ नेपालले प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ । युवा संघले शनिबार काठमाडौंको नयाँ बानेश्वरमा विरोध प्रदर्शन गर्दै प्रधानमन्त्रीको पुत्ला दहन गरेको हो । उनीहरुले पूर्वप्रधानमन्त्रीको सुरक्षा गर्न नसक्नेले जनताको सुरक्षा गर्न नसक्ने भन्दै सरकार बिरुद्ध नारावाजी गरेका थिए । त्यस्तै उनीहरुले वर्तमान सरकारले नीतिगत भ्रष्टचार सुरु गरेको आरोप लगाएका छन् । प्रदर्शनमा सहभागीहरुले शान्ति सुरक्षा कायम गर, भ्रष्टाचार अन्त्य गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए । प्रदर्शन गर्दै उनीहरुले बानेश्वरको निषेधित क्षेत्रबाट अघि बढ्न खोजेपछि प्रहरीले रोकेका थिए ।

Read More

काठमाडौँ । नेपाल एसीसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा शनिवार भएको नेपाल र कुवेतविरुद्धको सेमिफाइनल खेल वर्षाको कारण रद्द भएसँगै नेपाल फाइनलमा पुगेको हो । नेपाल समूह विजेताका रूपमा फाइनल पुगेको हो । जितका लागि दुई सय ८१ रनको विजयी लक्ष्य पछ्याएको कुवेतले आठ दशमलव तीन ओभरमा छ विकेट गुमाउँदै ३७ रन बनाउँदा वर्षाका कारण खेल रोकिएको थियो । वर्षाका कारण सुपरओभर पनि हुन सकेन र नेपाल समूह विजेताका आधारमा फाइनलमा पुगेको हो । नेपाल समूह ‘ए’को विजेता र कुवेत समूह ‘बी’को उपविजेताका रूपमा सेमिफाइनल खेलेका थिए । कुवेतका ओपनर…

Read More

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राज्य स्रोतमा हातहाल्न पाउने बितिकै ब्रह्मलुट मच्चाउने प्रवृति देखा परेको बताएका छन् । शुक्रबार काठमाडौंमा राप्रपा बागमति प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै लिङ्देनले श्रोत साधनको अभावका कारण बिकास आयोजनाहरु सुस्त रहेको, ऋण उठाएर चालू खर्च चलाउनुपरेको अवस्थामा अहिले राज्य स्रोतमा हातहाल्न पाउने बितिकै ब्रह्मलुट मच्चाउने प्रवृति देखा परेको बताए । अहिलेको अवस्थामा राष्ट्रपतिको औषधी उपचारका लागि विदेशयात्रामा जाने काम भएको र अयोग्य लडाकुलाई रकम दिने तयारी गरिएको भन्दै त्यसलाइ रोक्न राप्रपा जस्तो दलहरु मजबुद हुनुपर्ने उनले बताए । लिङ्देनले प्रारम्भदेखि नै उपनिर्वाचनलाई प्राथमिकतामा नराखेका कारण मत परिणामले आत्तिनुपर्ने कुनै कारण…

Read More

काठमाडौं । नेपालमै बनेका सवारीसाधनले अब भने वैधानिक हैसियत पाउने भएका छन् । सरकारले नेपालमै बनेका सवारी दर्ता गर्न कानुनी बाधा अड्चन फुकाएको हो । यातायात व्यवस्था विभागले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० संशोधन गर्दै नेपालमा जडान वा उत्पादन हुने सवारी दर्ता गर्न मिल्ने व्यवस्था ल्याएको हो । यसअघि, सवारी दर्ता हुन यातायात तथा सवारी ऐन–२०४९ र बाग्मती प्रदेश यातायात तथा सवारी ऐनले तोकेको प्रक्रियाले नेपालभित्र बनेका सवारी दर्ता गर्न नमिल्ने व्यवस्था रहेको थियो । निर्देशिकामा ‘११.१.९’ नम्बर बुँदा थप गर्दै लेखिएको छ,‘ यस निर्देशिकामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए पनि विदेशबाट पार्टपुर्जा पैठारी गरी नेपालमा जडान हुने वा नेपालमा…

Read More

काठमाडौं । सरकारले माओवादीका बहिर्गमित (अयोग्य) लडाकुलाई ८० करोड रुपियाँ बाँड्ने तयारी गरेको छ । करिब ४ हजार अयोग्य लडाकुलाई प्रतिव्यक्ति २ लाख रुपियाँका दरले ८० करोड बाँड्न लागिएको हो । मन्त्रिपरिषद्को निर्णयअनुसार गृह मन्त्रालयले अयोग्य लडाकुलाई २ लाख रुपियाँका दरले दिनेसम्बन्धी कार्यविधि तयार पारेको मन्त्रालय स्रोतले जनाएको छ । गृह मन्त्रालयका प्रवक्ता एवं उपसचिव दिलकुमार तामाङले मन्त्रिपरिषद्को बैठकबाट कार्यविधि बनाएर प्रतिव्यक्ति दुई लाख दिने निर्णय भएअनुसार मन्त्रालयले कार्यविधि बनाएको बताउनुभयो । गत चैत ६ गते मन्त्रिरिषद्ले कार्यविधि बनाउने निर्णय गरेको र सोहीअनुसार कार्यविधि जारी गर्न अर्थ मन्त्रालयले सहमति दिएको थियो । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

Read More