काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले अघि सारेका माग पुरा गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
शनिबार रास्वपाका सभापति सभापति रवि लामिछानेसहितका नेताहरु माइतीघर पुगेर पुनको आन्दोलनप्रति ऐकवद्धता जनाउँदै माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
रास्वपाका सभापति लामिछानेले महावीर पुनले अघि सारेका चारबुँदे माग पूरा गर्नका लागि अविलम्व वार्ताको टेबुलमा बसी आन्दोलन अन्त्य गर्ने वातावरण तयार गर्न माग गरे ।
उनले अब सरकारले कार्यतालिका नै बनाएर सरकारले पुनले अघि सारेका मागहरु सम्बोधन गर्नुपर्ने धारणा राखे । लामिछानेले रास्वपाका २१ जना सांसदहरु नै पुनको माग पूरा गर्नका लागि साथमा रहेको बताए ।
Facebook Comments Box
