काठमाडौं । मुलुकमा शान्ति सुरक्षा कायम गर्न नसकेको र अयोग्य लडाकुलाई अनावश्यक रकम दिन लागिएको भन्दै एमाले निकट राष्ट्रिय युवा संघ नेपालले प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ ।
युवा संघले शनिबार काठमाडौंको नयाँ बानेश्वरमा विरोध प्रदर्शन गर्दै प्रधानमन्त्रीको पुत्ला दहन गरेको हो । उनीहरुले पूर्वप्रधानमन्त्रीको सुरक्षा गर्न नसक्नेले जनताको सुरक्षा गर्न नसक्ने भन्दै सरकार बिरुद्ध नारावाजी गरेका थिए ।
त्यस्तै उनीहरुले वर्तमान सरकारले नीतिगत भ्रष्टचार सुरु गरेको आरोप लगाएका छन् । प्रदर्शनमा सहभागीहरुले शान्ति सुरक्षा कायम गर, भ्रष्टाचार अन्त्य गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
प्रदर्शन गर्दै उनीहरुले बानेश्वरको निषेधित क्षेत्रबाट अघि बढ्न खोजेपछि प्रहरीले रोकेका थिए ।
Facebook Comments Box
