काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले संसदीय दलको नेताबाट राजीनामा दिएका छन् ।
शनिवार बसेको संसदीय दलको बैठकमा उनले संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठसमक्ष राजीनामा बुझाएका हुन् ।
पार्टीको संसदीय दलको बैठक सोमवार बस्ने र बैठकले पार्टी सभापति रवि लामिछानेलाई संसदीय दलको नेता चयन गर्ने तयारी भएको रास्वपा नेता अर्यालले जानकारी दिए ।
यही वैशाख १० गते सम्पन्न भएको उपचुनावमा चितवन क्षेत्र नं २ बाट सभापति लामिछाने निर्वाचित भएसँगै शुक्रवार शपथ लिएका थिए ।
Facebook Comments Box
