Author: खबरमञ्च
काठमाडौँ। सत्तागठबन्धन आबद्ध दलका बीचमा बजेट पूर्वको छलफल, सरकारको वार्षिक नीति तथा कार्यक्रम, आर्थिक सर्वेक्षण र बजेटलगायत विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको बैठकमा सरकारको नीति तथा कार्यक्रम र बजेटलाई नतिजामुखी बनाउने विषयमा छलफल भएको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । “आर्थिक प्रतिकूलतालाई अनुकूलतामा बदल्ने, आर्थिक व्यवस्थापन कसरी गर्ने, बजेटलाई राम्रो बनाउने, जनताका आधारभूत आवश्यकतालाई सम्बोधन गर्नेगरी बजेटको व्यवस्था गर्ने बारेमा मूलतः छलफल भयो”, बैठकपछि उनले भने । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा यही वैशाख २४ गते संसद्को अधिवेशन आह्वान गर्नुभएको छ । गठबन्धन बैठकमा संसद् अधिवेशनमा कुनकुन विषयलाई प्रस्तुत गर्ने भन्ने…
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नवौँपटक मन्त्रिपरिषद् विस्तार गरेका छन्। नेपाली कांग्रेसका तीन जनालाई समेटेर उनले मन्त्रिपरिषद् विस्तार गरेका हुन्। कांग्रेसबाट मन्त्री बन्नेमा उपसभापति धनराज गुरुङ, मोहनबहादुर बस्नेत र डिगबहादुर लिम्बू छन्। गुरुङ कानून न्याय तथा संसदीय मामिला, बस्नेत स्वास्थ्य तथा जनसंख्या र लिम्बु युवा तथा खेलकुदमन्त्री बनेका छन्। प्रधानमन्त्रीको सिफारिसमा उनीहरुलाई मन्त्री नियुक्त गरेका राष्ट्रपति कार्यालयले जनाएको छ।
काठमाडौं । नेपालीलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिने भन्दै ठगी गर्ने गिरोहको खोजी गरिरहेको प्रहरीले तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझीका बाबुछोरालाई पक्राउका लागि खोजी सुरू गरेको छ । टोपबहादुर र छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै प्रहरीले उनीहरूलाई खोजी गरेको हो । रायमाझी हाल नेकपा एमालेका सचिव हुन्।
काठमाडौं । भुटानी शरणार्थीको आवरणमा भएको ठगी घटनामा सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन्। उपराष्ट्रपति कार्यालयमा कार्यरत उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले आज पाण्डेलाई पेप्सिकोलाबाट पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए । तत्कालीन गृहसचिव रहेका पाण्डेको संलग्नता आशंकामा उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । अनुसन्धानका लागि प्रहरीले पाण्डेलाई पक्राउका लागि अनुमति मागेको थियो । नेपालीलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिने गिरोहमा सरकारी उच्च अधिकारीहरूको पनि संलग्नता खुलेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो।
काठमाडौं। एसीसी प्रिमियर कप क्रिकेट विजेता खेलाडीलाई सरकारले जनही ६ लाख रुपैयाँ नगद पुरस्कार दिने भएको छ । आज बुधबार बसेको मन्त्रिपरिषद बैठकले खेलाडीलाई जनही ६ लाख रुपैयाँ र अफिसियललाई जनही ३ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्। मंगलबार भएको फाइनलमा यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप विजेता बनेर एसिया कप क्रिकेटमा छनोट भएको थियो।
काठमाडौँ। सरकारले संसदको बजेट अधिवेशन वैशाख २४ गते बोलाउन सिफारिस गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले संसद बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले जानकारी दिए। अधिवेशनमा आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम र बजेट पेस हुने छ। हरेक आर्थिक वर्षको बजेट जेठ १५ गते पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ।
काठमाडौं । प्रतिनिधि सभा सदस्य लक्ष्मी महतो कोइरी निलम्बित भएका छन्। हत्या अभियोगमा फरार रहेका सांसद कोइरीलाई सभामुख देवराज घिमिरेले निलम्बन गरेका हुन्। नेपाल प्रहरीले कोइरी फरार अभियुक्त रहेको भन्दै संसद सचिवालयलाई दोस्रो पटक पत्र पठाएपछि सभामुख घिमिरेले मंगलबार निलम्बनको निर्णय गरेका हुन्। प्रतिनिधिसभाको बैठक नचलेकाले प्रतिनिधि सभा नियमावली २०७९ मा भएको व्यवस्था बमोजिम संसद सचिवालयले सूचना पाटीमा कोइरी निलम्बनसम्बन्धी सूचना टाँसेको हो। २०७२ मा भएको मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरी बलका असई थमन बिक हत्या आरोपमा उच्च अदालत जनकपुरले कोइरीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। फरार रहेकै अवस्थामा गएको मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा महोत्तरी…
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका गाडी चालक दिलबहादुर थापाको उपचारको क्रममा मंगलबार निधन भएको छ । ललितपुरस्थित मेडिसिटी अस्पताल स्रोतका अनुसार उनको मंगलबार दिउँसो १ः३५ बजे निधन भएको हो । ड्राइभर थापालाई चिकित्सकहरूले १ बजेर ३५ मिनेट जाँदा मृत घोषित गरेका हुन् । वैशाख ४ गते चितवनस्थित घरको छतबाट खसेर घाइते भएका थापाको कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा प्रारम्भिक उपचार गरिएको थियो । टाउकोमा गहिरो चोट लागेका थापाको भरतपुरमा नै शल्यक्रियासमेत गरिएको थियो । उनलाई वैशाख ५ गते मंगलबार सेनाको हेलिकोप्टरबाट ललितपुरस्थित मेडिसिटी अस्पतालमा थप उपचारका लागि ल्याइएको थियो ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको सचेतकमा सांसद निशा डाँगी नियुक्त भएकी छन्। सोमबार पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बसेको संसदीय दलको बैठकले डाँगीलाई सचेतकको जिम्मेवारी दिएको हो। रास्वपाका प्रमुख सचेतक सन्तोष परियारका अनुसार सांसद डाँगीलाई सचेतक बनाउने निर्णय भएको छ। भद्रपुर नगरपालिका वडा नम्बर १ झापाकी डाँगी समानुपातिकतर्फबाट रास्वपामा प्रतिनिधि सभा सांसद बनेकी थिइन्।
काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत आज जारी नेपाल र यूएईबीचको फाइनल खेल स्थगित भएको छ । वर्षाका कारण खेल सम्भव नभएपछि भोलिलाई सारिएको हो । आज जुन स्थितिमा खेल रोकिएको थियो, त्यही स्थितिबाट भोलि सुरु हुने भएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको यूएईले २७.३ ओभरको खल सकिँदा पानी परेपछि खेल रोकिएको थियो । यूएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १सय ६ रन बनाएको थियो । भोलि पानी परेर २० ओभर पनि खेल नहुने स्थिति भए सुपर ओभरमा नतिजा लिइनेछ । भोलिको खेल हेर्न दर्शकले कुनै शुल्क तिर्नुपर्ने छैन।