काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नवौँपटक मन्त्रिपरिषद् विस्तार गरेका छन्। नेपाली कांग्रेसका तीन जनालाई समेटेर उनले मन्त्रिपरिषद् विस्तार गरेका हुन्।
कांग्रेसबाट मन्त्री बन्नेमा उपसभापति धनराज गुरुङ, मोहनबहादुर बस्नेत र डिगबहादुर लिम्बू छन्। गुरुङ कानून न्याय तथा संसदीय मामिला, बस्नेत स्वास्थ्य तथा जनसंख्या र लिम्बु युवा तथा खेलकुदमन्त्री बनेका छन्।
प्रधानमन्त्रीको सिफारिसमा उनीहरुलाई मन्त्री नियुक्त गरेका राष्ट्रपति कार्यालयले जनाएको छ।
Facebook Comments Box
