काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको सचेतकमा सांसद निशा डाँगी नियुक्त भएकी छन्।
सोमबार पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बसेको संसदीय दलको बैठकले डाँगीलाई सचेतकको जिम्मेवारी दिएको हो।
रास्वपाका प्रमुख सचेतक सन्तोष परियारका अनुसार सांसद डाँगीलाई सचेतक बनाउने निर्णय भएको छ।
भद्रपुर नगरपालिका वडा नम्बर १ झापाकी डाँगी समानुपातिकतर्फबाट रास्वपामा प्रतिनिधि सभा सांसद बनेकी थिइन्।
Facebook Comments Box
