काठमाडौँ। सरकारले संसदको बजेट अधिवेशन वैशाख २४ गते बोलाउन सिफारिस गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले संसद बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले जानकारी दिए।
अधिवेशनमा आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम र बजेट पेस हुने छ। हरेक आर्थिक वर्षको बजेट जेठ १५ गते पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ।
Facebook Comments Box
